शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता रोबर्ट प्याटिन्सन कोरोना पोजेटिभ, रोक्नुपर्‍यो ‘द ब्याटम्यान’ को सुटिङ

शुक्रबार, १९ भदौ २०७७, ०७ : ०३
शुक्रबार, १९ भदौ २०७७

बेलायती अभिनेता रोबर्ट प्याटिन्सन कोरोनाद्वारा संक्रमित भएका छन् जसका कारण ब्रिटेनमा उनको फिल्म ‘द ब्याटम्यान’ को निर्माण हालका लागि रोकिएको छ ।

न्यूज एजेन्सी रोयटर्सले भ्यानिटी फेयरलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

वार्नर ब्रदर्सका प्रवक्ताले एक बयान जारी गर्दै भनेका छन्, ‘ब्याटम्यान प्रोडक्सनका एक सदस्य कोरोना पोजेटिभ पाइएका छन् ।’

यद्यपि, उनीहरुले कसैको नाम भने लिएका छैनन् । तर उनले फिल्मलाई अस्थायी रुपमा रोक्ने कुरा भने गरेका छन् ।

भ्यानिटी फेयरले स्रोतको नाम नदिइकनै लेखेको छ, ‘ती सदस्य अरु कोही नभई रोबर्ट प्याटिन्सन हुन् ।’

यसबारे बार्नर ब्रदर्स र प्याटिनसनका प्रतिनिधिसँग कुरा गर्ने कोसिस गरियो तर उनीहरुको तर्फबाट केही जानकारी पाउन सकिएन ।

मार्चमा भएको लकडाउनपश्चात् तीन दिन अघि मात्रै ‘द ब्याटम्यान’ को सुटिङ सुरु भएको थियो ।

कोरोनाभाइरस महामारीका कारण लागू गरिएको लकडाउनका कारण हलिउड–बलिउडसमेत फिल्म इन्डष्ट्रिका थुप्रै काम प्रभावित भएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप