बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

साउदी अरेबियाले इजरायल र युएइलाई अफ्नो आकाश प्रयोग गर्न दिने

बिहीबार, १८ भदौ २०७७, २२ : ३२
बिहीबार, १८ भदौ २०७७

एजेन्सी । साउदी अरेबियाले इजरायल र युनाइटेड अरब इमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ । सो विषयमा इजरायल र युनाइटेड अरब इमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ । इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ । 

उक्त पत्रिकाले बिहीबार दिएको समाचारमा युनाइटेड अरब इमिरेट्स र इजरायलका जाहाजहरुलाई उडानका लागि आफ्नो आकाश प्रयोग गर्न दिने विषयमा साउदी अरेबियाले सहमति गरेको उल्लेख गरेको छ ।  हालैमात्र इजरायल र युनाइटेड अरब इमिरेट्स्ले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए । सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियालाई भनेको बताइएको छ ।

गत महिना मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनाइटेड अरब इमिरेट्स् र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गरेका थिए । यस विषयमा अर्थात् यी तीन देशको सम्बन्धको सुधारका पक्षमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब इमिरेट्स्, इजरायल र साउदी अरेबियाबीच गएको अगष्ट १३ मा एक सहमति भएको थियो । 

सोही सहमति पत्रमा हस्ताक्षर भए बमोजिम नै साउदी अरेबियाले यो निर्णय बिहीबार गरेको बताइएको छ ।  ती तीन देशले संयुक्त रुपमा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ कि यो सहमति ती ३ तीन देशकाबीचमा भएको छ र यो एक साहसिक निर्णय हो । साथै यस संयुक्त विज्ञप्तिमा यो साहसिक निर्णयले मध्यपूर्वको विकास, सम्मृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्नसक्ने धारणा उल्लेख गरिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप