शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथलाई सांकेतिक रथयात्रा गरेर बुङ्गमती लगिने

बिहीबार, १८ भदौ २०७७, २० : २४
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । विवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुङ्गमती लैजाने सहमति भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।   

‘शुक्रबार क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुङ्गमती लैजाने सहमती भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रातोपाटीसँग भने, ‘संक्षिप्त रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् ।’ 

ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिबार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् । अध्यक्ष महर्जनका अनुसार भदौ २२ मा साइत हेरेर सांकेतिक रथलाई खटमा राखेर बुगमती लैजाने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप