रातो मच्छिन्द्रनाथलाई सांकेतिक रथयात्रा गरेर बुङ्गमती लगिने
बिहीबार, १८ भदौ २०७७, २० : २४
काठमाडौं । विवाद र झडपपछि सरोकारवाला र स्थानिय प्रशासनले सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथको रथलाई बुङ्गमती लैजाने सहमति भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका हुन् ।
‘शुक्रबार क्षमापुजा गरेर सांकेतिक रुपमा रथलाई खटमा बोकेर बुङ्गमती लैजाने सहमती भएको छ’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले रातोपाटीसँग भने, ‘संक्षिप्त रथयात्रामा थोरै मात्र मानिस सहभागी हुन्छन् ।’
ज्योतिष र पाञ्जु सहभागी बैठकले शनिबार सांकेतिक रुपमा रथ तान्ने र आइतबार जात्रा पुजा गर्ने सहमति गरेका छन् । अध्यक्ष महर्जनका अनुसार भदौ २२ मा साइत हेरेर सांकेतिक रथलाई खटमा राखेर बुगमती लैजाने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण