केन्द्रीय संस्करण

प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिए

person explore access_timeभदौ १८, २०७७ chat_bubble_outline0

प्रदेश नं १ मा  पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३०  महिला र ६५  पुरुष छन् । सङ्क्रमितमा  मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुईदुई  तथा प्रदेश बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा  ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो । 

यस्तै सुनसरीको धरानमा चार महिला र  १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक  पुरुष तथा प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार ७४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ७९० जनाको पिसिआर परीक्षण भई कुल ९३ हजार २९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.