शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर

बिहीबार, १८ भदौ २०७७, १९ : ०२
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पूनः संचालन गर्ने निर्णय गरेसँगै नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।

सरकारको निर्णयपश्चात एयरलाइन्सले सहजै पि.सी.आर.उपलब्ध गन्तव्यहरु छोड्ंछिड, क्वालालम्पुर र आबुधावीको उडानहरु संचालन गर्न अनुमति प्राप्त गरेको छ । पि.सी.आर. परिक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्त खण्डहरुमा सरकारको निर्णय अनुरुप नैे चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहने एयरलाइन्सले जनाकारी लिएको छ ।

नियमित उडान र भाडादर
नियमित उडानहरुका लागि उपलब्ध सीटहरु ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम ९जी. डी. एस.)बाट बुक गर्न सकिनेछ ।  ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जी. डी. एस.) बाट सीटहरु बुक गर्न सक्नेछन् ।

नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ ।भाडादर सम्पूर्ण कर सहितको भएको र यसमा एजेन्सी सेवाशुल्क समावेश नगरिएकाले ट्राभल एजेन्सीले उपयुतm सेवा लागू गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

उद्धार चार्टर उडान र भाडादर
विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि देहायका सरकारद्धारा स्वीकृत भाडादर लागू हुनेछन् । यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको हो ।

तसर्थ, यात्रुहरुलाई प्रकाशित भाडा मात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एयरलाइन्सलाई जानकारी गराउन पनि एयरलाइन्सले आग्रह गरेको छ । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘कोभिड–१९ को रोेकथामका लागि सामुहिक लडाईमा हिमालय एयरलाइन्सले विभिन्न क्रियाकलापहरु जस्तैः नागरिकहरुको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधीको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमुल्य यात्रुहलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुतm राख्ने निरन्तर प्रयास रहनेछ ।’

गत मार्च २०२० कोे अन्तिम हप्ता देखि कोभिड– १९ को रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तथापि विदेशमा रहेका नेपालीहरुलाई चार्टर उडान मार्फत स्वदेश ल्याउने कार्यलाई भने अनुमति जारी गरेको थियो । यस अवधिमा जुन १६ देखि अगष्ट ३१, २०२० सम्म ९४ वटा उद्घार उडान मार्फत १५,६३५ यात्रुहरुलाई नेपाल फिर्ता ल्याएको एयरलाइन्सले जनाएको छ ।

कोभिड – १९ महामारीको कारणले भएको बन्दाबन्दीले ५ महिना पछि हिमालय एयरलाइन्सले दुवै देशको सुरक्षा प्रोटोकल अनुसरण गर्दै हिजोदेखि आफ्नो उडान तालिका पुनः सुचारु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप