शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डले अनलाइनबाटै शेयर बजारबारे पढाउने, कसरी हुने सहभागी ?

बिहीबार, १८ भदौ २०७७, १८ : १३
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनलाइन कक्षा सञ्चालन सुरु गरेको छ । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी जानकारी दिने उद्देश्यले पाक्षिक रुपमा सञ्चालन गर्दै आएको सो कार्यक्रम शुक्रबारदेखि अनलाइनमार्फत् सुरु गर्न लागेको हो । 

बोर्डले आधारभूत तहको पाठ्यक्रममा आधारित भई शेयर बजार, समग्र धितोपत्र बजार र वस्तु विनिमय बजारको सम्बन्धमा वेभिनारमार्फत् प्रशिक्षण सञ्चालन हुने जनाएको छ ।  बोर्डले पहिलो र तेस्रो हप्ताको शुक्रबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म यस्तो कक्षा सञ्चालन गर्ने तयारी गरेकोमा शुक्रबार १२ बजे नियमित रुपमा सो प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ । सो प्रशिक्षणको संयोजन बोर्डका उप कार्यकारी निर्देशक नवराज अधिकारीले गर्नेछन् ।

कार्यक्रममा बोर्डका .तर्फबाट निर्देशक मुक्तिनाथ सुवेदी, सीडीएस एण्ड क्लियरिङका तर्फबाट सहायक प्रवन्धक सुरेश न्यौपाने र धितोपत्र बजारसम्बनधी विज्ञ कृष्ण गिरीले प्रस्तुति दिनेछन् । सो प्रशिक्षण वेभिनारका साथै आफ्नै फेसबुक पेजबाट समेत हेर्न सकिने बोर्डले जनाएको छ ।  यसअघि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएकोमा कोरोनाभाइरसका कारण बाहिर कार्यक्रम गर्ने वातावरण नभएपछि भर्चुअल माध्यमबाट प्रशिक्षण जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप