थाइल्यान्डमा सय दिनपछि १ जनामा देखियो कोरोना

एजेन्सी । थाइल्यान्डमा एक सय दिनपछि १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ अधिकारीहरुकाअनुसार एक कैदी बन्दीमा कोरोनाको संक्रमण देखिएको हो । ड्रग्स कारोबारमा २९ अगस्टमा पक्राउ परेका यी व्यक्तिमा परीक्षण गर्दा बुधबार पोजेटिभ रिपोर्ट आएको अधिकारीहरुले जनाएका छन् ।
एक दिन अघिमात्रै प्रधानमन्त्री प्रयुत चान ओचाले १ सय दिनसम्म स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको भन्दै देशवासीलाई बधाई दिएका थिए । थाइल्यान्डमा यसअघि अन्तिम पटक २४ मेइमा एकजना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो र यसबारे २५ मेइमा सरकारले जानकारी दिएको थियो ।
थाइल्यान्डमा कोरोनाले स्वास्थ संकट भने निम्त्याउन सकेको छैन, जबकी चीनबाहिर कोरोनाको संक्रमण देखिनेमा थाइल्यान्ड पहिलो थियो । यहाँ, जनवरीमै पहिलो संक्रमण देखिएको थियो । तर सरकारको कडा निगरानीका कारण यसले महामारीको रुप लिन पाएन । मार्चयता सरकारले यहाँ कोरोनाका कारण गरिएको कडाई खुकुलो गरिसकेको छ ।
यद्यपी, थाइल्यान्डको अर्थतन्त्र भने कोरोनाको चपेटामा छ । यहाँ विदेशी पर्यटकहरुमाथि भ्रमणका लागि प्रतिबन्ध छ । थाइल्यान्डबाहेक न्युजिल्यान्ड र भियतनाम अन्य दुई देश हुन्, जहाँ लामो समय कोरोनाको संक्रमण देखिएन । गत महिना नयाँ संक्रमित देखिनुअघि न्युजिल्यान्डमा १ सय २ दिनसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन ।
भियतनाममा पनि ९९ दिनसम्म कोरोनाको संक्रमण देखिएको थिएन । न्युजिल्यान्डले नयाँ संक्रमित फेला परेसँगै फेरि कडाई सुरु गरेको छ, अकल्यान्ड शहरमा लकडाउन गरिएको छ । त्यस्तै, ताइवानमा पनि १ सय दिनभन्दा लामो समय अवधिमा कोरोनाको कुनै संक्रमण देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे