शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डमा सय दिनपछि १ जनामा देखियो कोरोना

बिहीबार, १८ भदौ २०७७, १७ : ४६
बिहीबार, १८ भदौ २०७७

एजेन्सी । थाइल्यान्डमा एक सय दिनपछि १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ अधिकारीहरुकाअनुसार एक कैदी बन्दीमा कोरोनाको संक्रमण देखिएको हो । ड्रग्स कारोबारमा २९ अगस्टमा पक्राउ परेका यी व्यक्तिमा परीक्षण गर्दा बुधबार पोजेटिभ रिपोर्ट आएको अधिकारीहरुले जनाएका छन् । 

एक दिन अघिमात्रै प्रधानमन्त्री प्रयुत चान ओचाले १ सय दिनसम्म स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको भन्दै देशवासीलाई बधाई दिएका थिए । थाइल्यान्डमा यसअघि अन्तिम पटक २४ मेइमा एकजना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो र यसबारे २५ मेइमा सरकारले जानकारी दिएको थियो । 

थाइल्यान्डमा कोरोनाले स्वास्थ संकट भने निम्त्याउन सकेको छैन, जबकी चीनबाहिर कोरोनाको संक्रमण देखिनेमा थाइल्यान्ड पहिलो थियो । यहाँ, जनवरीमै पहिलो संक्रमण देखिएको थियो । तर सरकारको कडा निगरानीका कारण यसले महामारीको रुप लिन पाएन । मार्चयता सरकारले यहाँ कोरोनाका कारण गरिएको कडाई खुकुलो गरिसकेको छ । 

यद्यपी, थाइल्यान्डको अर्थतन्त्र भने कोरोनाको चपेटामा छ । यहाँ विदेशी पर्यटकहरुमाथि भ्रमणका लागि प्रतिबन्ध छ ।  थाइल्यान्डबाहेक न्युजिल्यान्ड र भियतनाम अन्य दुई देश हुन्, जहाँ लामो समय कोरोनाको संक्रमण देखिएन । गत महिना नयाँ संक्रमित देखिनुअघि न्युजिल्यान्डमा १ सय २ दिनसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन ।

भियतनाममा पनि ९९ दिनसम्म कोरोनाको संक्रमण देखिएको थिएन । न्युजिल्यान्डले नयाँ संक्रमित फेला परेसँगै फेरि कडाई सुरु गरेको छ, अकल्यान्ड शहरमा लकडाउन गरिएको छ । त्यस्तै, ताइवानमा पनि १ सय दिनभन्दा लामो समय अवधिमा कोरोनाको कुनै संक्रमण देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप