नाभाल्नी विष प्रकरण, पुटिनलाई कडा जवाफ फर्काउन मर्केललाई दबाब
![नाभाल्नी विष प्रकरण, पुटिनलाई कडा जवाफ फर्काउन मर्केललाई दबाब](https://rpcdn.ratopati.com/media/albums/Merkel-Putin_ndX13DY6f3.jpg)
जर्मन चान्सेलर एन्जेला मर्केलमाथि नोर्ड स्ट्रिम २ पाइपलाईन परियोजनाबारे पुनर्विचार गर्नुपर्ने दबाब परेको छ । यस परियोजनाअन्तर्गत रुसबाट जर्मनीसम्म ग्यास जानेछ ।
यसअघि रुसी विपक्षी नेता एलेक्साई नाभाल्नीविरुद्ध प्रयोग गरिएको विष सोभियत शैलीको केमिकल रहेको मर्केलले खुलासा गरेकी थिइन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीविरुद्ध ज्यान मार्ने उद्देश्यले नर्भ एजेन्ट नोभीचोक प्रयोग गरिएको मर्केलको दाबी छ । उनले यस विषयमा बिस्तृत जानकारी दिन रुससँग माग गरेकी छिन् । ४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति पुटिनका सबैभन्दा ठूला आलोचक तथा विपक्षीमाझ निकै लोकप्रिय नेता हुन् । अहिले बर्लिनस्थित अस्पतालमा उनको उपचार भइरहेको छ ।
रुसले यसबारे आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी विदेश मन्त्रालयले जर्मनीको दाबी पुष्टि हुने कुनै तथ्य नरहेको प्रतिक्रिया दिएको छ ।
पश्चिमा देशहरुले नाभाल्नीप्रतिको आक्रमणको घोर भत्र्सना गरेका छन् र धेरै जर्मन राजनीतिज्ञहरु यसको कडा जवाफ फर्काउनुपर्ने पक्षमा छन् ।
‘हामीले कडा राजनीतक अख्तियार गर्नैपर्छ, हामीले त्यही भाषामा जवाफ फर्काउनुपर्छ, जुन पुटिनले बुझ्छन्,’ जर्मनीको संसदीय विदेश विभाग कमिटीका प्रमुख नोब्र्रेट रोयगेनले जर्मन रेडियोसँग भनेका छन्, ‘यदी नोर्ड स्ट्रिम २ पाइपलाइन अहिले पूरा भयो भने पुटिनलाई यस्तै राजनीति गर्नका लागि प्रेरणा मिल्नेछ ।’
अहिले विद्यमान नोर्ड स्ट्रिम १ पाइपलाईनको दाँजो नोर्ड स्ट्रि २ सँग दोब्बर क्षमता हुनेछ, यसले रुसबाट सिधैं जर्मनीमा ग्याँस ल्याउनेछ । रुसी कम्पनी गाजप्रोमले यस परियोजनाको नेतृत्व गरिरहेको छ र यसमा पश्चिमा साझेदारहरु पनि छन् । ९० प्रतिशत काम समाप्त भइसकेको यस परियोजना २०२१ को सुरुवातदेखि सञ्चालनमा आउने तय छ ।
यस परियोजनाले युरोपेली युनियनमा विभाजन ल्याएको छ । केही देशहरुले यो चेतावनी दिइरहेका छन् कि यसले परम्परागत ग्यास ट्रान्जिट देश युक्रेनलाई अवमुल्य गर्नेछ र उर्जा आपुर्तिमा रुसप्रति निर्भरता बढाउनेछ । युरोपमा लिक्युफाइड नेचुरल ग्यास (एलएनजी) को ढुवानी बढाउन आतुर अमेरिका पनि यो पाइपलाईनको विपक्षमा छ । उसले यस परियोजनामा संग्लग्न केही कम्पनीहरुलाई निशाना बनाएर प्रतिबन्ध पनि लगाएको छ ।
मर्केल भने यस परियोजनामा प्रतिवद्ध रहदैं आएकी छिन् । उनले गत साता पाइपलाईनलाई नाभाल्नी प्रकरणसँग जोड्न नमिल्ने बताएकी थिइन् । उनको पार्टीमा रहेका धेरै सांसद्हरु पनि यस परियोजना समाप्त हुनुपर्ने पक्षमा छन् । कतिपय सांसद्हरु यही परियोजनामा नजिकबाट जोडिएका छन् ।Title Photo: https://russiabusinesstoday.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता