रथ तान्न उर्लियो भीड, झडपमा इन्सपेक्टरसहित ७ प्रहरी घाइते (तस्बिरहरु)
काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ ।
यस्तो अवस्थामा बिहीबार ललितपुरमा कोरोनाको कुनै परबाह नगरी स्थानीय सडकमा उर्लिए । जारी निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले बल प्रयोग गरेको थियो ।
कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।
स्थानीयको ढुंगामुढाबाट इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिए । भीडले ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ । यस्तै केही स्थानीय नि घाइते भएका छन् ।
प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ ।
कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




















तस्बिरहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
