शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षीको भूमिका भुल्नु हुँदैनः प्रदीप पौडेल

बिहीबार, १८ भदौ २०७७, १६ : ११
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशन लाग्यो भन्दैमा प्रतिपक्षी भूमिका भुल्न नहुने बताएका छन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्वारा विहीबार आयोजित भर्चुअल अन्तक्र्रिया कार्यक्रममा नेता पौडेलले भने, ‘महाधिवेशन लाग्यो भनेर प्रतिपक्षी भूमिका भुल्न हुँदैन । महाधिवेशन र प्रतिपक्षी दलको भूमिकका सँगसँगै अगाडि बढाउनु पर्छ ।’

उनले पार्टीको महाधिवेशन निर्धारित समयमा नहुने निश्चित भएको बताए ।  पौडेलले भने, ‘महाधिवेशनको कार्यतालिका मात्र फेर्ने कि मिति पनि पर्ने ? दोष कोरोनालाई लगाउन सकिन्छ । कहिलेसम्म लगाउने ? कार्यतालिका फेर्नुपर्ने निश्चित छ । अब फागुन ७ गते महाधिवेशन गर्न सकिने अवस्था छैन ।’ 

महाधिवेशन आगामी भदौपछि सार्न नुहुने पौडेलको भनाइ छ । ‘भोलि कोरोनाले महाधिवेशन हुन भने काम गर्न छोड्नु हुँदैन । भदौपछि महाधिवेशन लगे आगामी स्थानीय तहको चुनावमा ठूलो असर पर्छ । कोरोनाबाट सुरक्षित भएर कतिसम्म काम गर्दै जानुपर्छ’ पौडेलले भने ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयन गर्ने कुराले निष्पक्ष महाधिवेशन हुन्छ भन्ने उनको प्रश्न छ । अहिले नेतृत्वका कलाविहीन ढंगले प्रस्तुत भइरहेको पौडेलको भनाइ छ । 

उनले भने, ‘उम्मेदवारीसँग मार्गचित्र आउनुपर्छ । आजका विषयसँग निरपेक्ष भए जस्तो देखियो । संविधानका विषयमा प्रश्न उठाउने भन्दा पनि कार्यान्वयन गर्ने र संविधानमा लिपिबद्ध भएका कुरा व्यवहारिक बनाउन जरुरी छ ।  राष्ट्रियताको विषयमा पनि नयाँ दृष्टिकोण बनाउनुपर्छ ।’

बिपी कोइरालाको लोकत्रान्त्रिक समाजवादको आधारमा टेकेर सैद्धान्तिक छलफल अगाडि बढाउनुपर्ने पौडेले बताए । उनले भने, ‘वैचारिक विषयमा छलफलमा हाम्रो महाधिवेशन निरपेक्ष देखिन्छ । काँग्रेसलाई धारिलो बनाउनका लागि धारिलो नेतृत्व अवश्यक छ ।’ 

यस्तै केन्द्रीय सदस्य डिला संग्रौलाले काँग्रेस सशक्त हुन सकेन भनेर प्रश्न उठेको बताइन् ।  उनले भनिन्, ‘काँग्रेसले आफ्नो भूमिकामाथि आत्मा समिक्षा गर्नुपर्छ । काँग्रेसले भ्रष्टाचारको भण्डाफोर गर्न सकेन, किसानले मल नपाउँदा र विदेशमा नेपाली नागरिक अलपत्र पर्दा काँग्रेस किन बोलेन भन्ने प्रश्न उठेको छ ।’

संगौलाले पनि निर्धारित समयमा महाधिवेशन नहुने देखिएको बताइन् । यस्तै समावेशन नेतृत्वमा संग्रौलाले जोड दिइन् ।  उनले भनिन्, ‘महिला नेतृत्व स्वीकार गर्ने कि नगर्ने ? काँग्रेसमा समावेशी नेतृत्व आवश्यक छ । ५१ प्रतिशत ओगट्ने महिलालाई एउटा सहमहामन्त्रीमा राखिएको छ । महिला काँग्रेसको नेतृत्व गर्न तयार छन् ।’ उनका अनुसार काँग्रेसमा हिमाल पहडा र तराईलाई जोड्ने नीतिको अवश्यक छ ।  उनले भनिन्, ‘नेता कायएकर्ता मुखि हुनुपर्यो, नीति मुखी हुनुपर्यो । कार्यकर्ता जनता मुखी हुनुपर्यो भन्ने आवाज छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप