कोरोनाले ४ करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ: राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।
कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।
सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ । राष्ट्रसंघीय निकायहरुले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।
सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । –पिटिआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
-
कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिने छुट छैन : अध्यक्ष लिङ्देन
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि