गुल्मीको बदिगाढ खोला किनारमा महिला र बालकको शव फेला

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकास्थित बदिगाड खोला किनारमा २ वटा शव फेला परेका छन् । बोबाङ्गमा आएको बाढी पहिरोले बगाएर ल्याएका दुईवटा शव फेला परेका हुन् ।
मुसिकोट नगरपालिकाको झक्कले भन्ने स्थानमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको हो भने त्योभन्दा ३ किलोमिटर आगाडि चन्द्रकोट गाउँपलिका–८ तीन सिमल भन्ने खोला किनारमा अन्दाजी २ वर्षको बालकको शव फेला परेको हो ।
खोलामा दाउरा तान्नेहरुले ती बालकको शवसँगै अन्दाजी १३–१४ वर्षकी बालिकाको शव पनि देखेको तर बालकको शव छोप्ने क्रममा बालिकाको शव बगाएको उनीहरुले बताएका छन् । दुबै स्थानका शव भएको स्थानमा अहिले मजुवा प्रहरी चौकीबाट प्रहरीहरु पुगेका छन् । शव भेटिएको स्थान बाढी पहिरो गएको घटनास्थलभन्दा ५० किलोमिटर तल पर्छ ।
उता, मुसिकोट नगरपाकोलिका–२ र ७ को बीच बगरमा पनि एउटी अन्दाजी ३० वर्षकी महिलाको शव फेला परेको खर्बाङ्ग प्रहरीले चौकिका असई गुरुप्रसाद न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित