शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको बदिगाढ खोला किनारमा महिला र बालकको शव फेला

बिहीबार, १८ भदौ २०७७, १४ : ४०
बिहीबार, १८ भदौ २०७७

गुल्मी  । गुल्मीको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकास्थित बदिगाड खोला किनारमा २ वटा शव फेला परेका छन् । बोबाङ्गमा आएको बाढी पहिरोले बगाएर ल्याएका दुईवटा शव फेला परेका हुन् ।

मुसिकोट नगरपालिकाको झक्कले भन्ने स्थानमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको हो भने त्योभन्दा ३ किलोमिटर आगाडि चन्द्रकोट गाउँपलिका–८ तीन सिमल भन्ने खोला किनारमा अन्दाजी २ वर्षको बालकको शव फेला परेको हो । 

खोलामा दाउरा तान्नेहरुले ती बालकको शवसँगै अन्दाजी १३–१४ वर्षकी बालिकाको शव पनि देखेको तर बालकको शव छोप्ने क्रममा बालिकाको शव बगाएको उनीहरुले बताएका छन् ।  दुबै स्थानका शव भएको स्थानमा अहिले मजुवा प्रहरी चौकीबाट प्रहरीहरु पुगेका छन् । शव भेटिएको स्थान बाढी पहिरो गएको घटनास्थलभन्दा ५० किलोमिटर तल पर्छ । 

उता, मुसिकोट नगरपाकोलिका–२ र ७ को बीच बगरमा पनि एउटी अन्दाजी ३० वर्षकी महिलाको शव फेला परेको खर्बाङ्ग प्रहरीले चौकिका असई गुरुप्रसाद न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप