मुक्तिनाथ बैंकले गर्यो ऋण मिनाहा
पोखरा– मुक्तिनाथ विकास बैंक लिमिटेडको लघुवित्त डेस्क कार्यालय गगनगौंडाले स्वर्गीय विष्णुमाया गुरुङ्गको ऋण मिनाहा गरेको छ । बैंकको लघुवित्त कर्जा अन्तर्गत एक लाख ऋण लिएकी कास्कीको पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवा निवासी गुरुङ्गको गत फाल्गुन २७ गतेका दिन निधन भएको थियो ।
गुरुङको निधनपछि बैंकले काजकिरिया खर्च बापत तत्काल ५ हजार प्रदान गर्नुका साथै दिवङ्गत गुरुङ्गले बैंकलाई तिर्न बाँकी सावा तथा व्याज ७६ हजार ८ सय ४८ रुपैयाँसमेत मिनाहा गरेको बैंकले जनाएको छ ।
स्वर्गीय गुरुङ्गले मुक्तिनाथ विकास बैंक मार्फत एक लाखको जीवन वीमा गरेकोमा उनको मृत्युपश्चात वीमा वापतको १ लाख ६ हजार १ सय बराबरको चेक निजकी हकदार छोरी कल्पना गुरुङ्गलाई मुक्तिनाथ विकास बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय पोखराका प्रमुख केशब ढकालबाट संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन