शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति अमेरिकी राष्ट्रपतिद्वारा दुःख व्यक्त

बुधबार, १७ भदौ २०७७, २२ : ४३
बुधबार, १७ भदौ २०७७

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । उनले भारतीय पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको र आफूलाई निकै दुःख लागेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भारतका पूर्वराष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका हुन् । पूर्व राष्ट्रपति मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै उनले आफ्नो र संयुक्त राज्य अमेरिकाका तर्फबाट मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि तथा भारत र भारतीय जनताप्रति समवेदना व्यक्त गरेका छन् ।

मङ्गलबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप