काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्ने निर्णय, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (आदेशसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।
साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कामको सूची समेत एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको ।
उता, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
अन्य काम के गर्न पाइन्छ, के पाइँदैन ? तलको तालिका हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
-
ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?
-
स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको छ : अर्जुननरसिंह केसी
-
टर्कीमा होटलमा आगो लाग्दा १० को मृत्यु, ३२ जना घाइते