भारतमा कोरोना सङ्क्रमित पत्रकारको मृत्यु

एजेन्सी । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो हेरविचार नगरेका कारण ज्यान गएको बताएका छन् ।
पत्रकार पान्दुरन र्याकरको कोभिड १९ भए पनि राम्रो उपचार तथा हेरचाह हुन नसक्दा ज्यान गएको परिवारका सदस्यले जनाएका छन् । कोभिडको उपचार केन्द्रमा राखिएका उनलाई सो केन्द्रमा राम्रो स्वास्थ्य उपचार सहुलियत नरहेको र उनको अवस्था निकै गम्भीर भएपछि एम्बुलेन्स बोलाउन भनेको भए पनि उपलब्ध हुन नसकेको बताएका छन् ।
सो उपचार केन्द्रमा सामान्य हेरचाह मात्र गर्ने गरिएको र त्यसलाई एक क्वारेन्टिनका रुपमा मात्र राखिएको ती पत्रकारका परिवारका सदस्यहरुले जनाएका छन् । पत्रकार र्याकरलाई निकै अप्ठेरो भएपछि एम्बुलेन्स मगाइएको तर समयमा उपलब्ध हुन नसकेको परिवारका सदस्यले जनाएका छन् ।
उनलाई अक्सिजनको आवश्यकता परेको तर अस्पतालको बेड उपलब्ध हुन नसक्दा अक्सिजन प्राप्त पनि नभएको परिवारका सदस्यले जनाएका छन् । उनीहरुले सो केन्द्रमा स्वास्थ्य हेरचाहको अवस्था राम्रो नभएकाले यसअघि पनि केही दिनमात्र अघि एकजनाको ज्यान गएको भन्दै थप स्वास्थ्य सुविधाका लागि आग्रह गरेका हुन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा