बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा एक पुरुषको शव फेला

बुधबार, १७ भदौ २०७७, १७ : ०७
बुधबार, १७ भदौ २०७७

जनकपुर । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १२ स्थित कुवारामपुर बजारमा ७५ वर्षीय मनिराम यादवको शव फेला परेको हो  । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

सेतो कुर्ता, कालो कलरको पाइन्ट लगाएको र काँधमा गाम्छा रहेको अवस्थामा यादवको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मदिरा सेवन गरेर सँधैं मागी हिँड्ने ती पुरुष आफ्नो घरमा नबस्ने गरेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप