बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट हत्या प्रकरणः दलित संघर्ष समितिद्वारा आन्दोलन घोषणा

बुधबार, १७ भदौ २०७७, १४ : १५
बुधबार, १७ भदौ २०७७

रौतहट । दलित संघर्ष समिति रौतहटले १० सुुत्रीय माग सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाको गरुडास्थित ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा मृतक निरञ्जनराम र विजयरामलाई शहिद घोषणा गर्न र प्रहरीद्धारा हत्या गरीएका बिजयरामको मुुद्धा दता गरी दोषी प्रहरीलाई कार्वाही गर्न माग गरिएको छ । त्यस्तै प्रहरी हिरासतमा रहेका निर्दोष ४ जना सिकेन्द्र पाश्वान, अजयराम, विवेक राय यादव, अर्जुुन रामलाई तुुरुन्त रिहा गर्न माग गरिएको छ ।

त्यस्तै, मृतक निरञ्जनरामका अभियुक्त लखन साह र राजगिर साहलाई अबिलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ । हत्याकाण्डको छानबिन गर्न दलित आयोग, मानव अधिकार आयोगसहितको संसदिय उच्च स्तरीय छानबिन समिति गठन गरी दलित अगुवा तथा अधिकारकर्मीको ज्यान धनको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरिएको छ ।

त्यसैगरी विज्ञप्तिमा दलित हत्या हिंसा अबिलम्ब रोक्न माग गर्दै बिजयराम र निरञ्जन रामको सालिक निर्माण गर्न समेत आग्रह गरिएको छ । संघर्ष समितिका अध्यक्ष सोनालाल रामद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई अनिवार्य गरुडा आग्रह गरिएको छ ।

माग अविलम्ब सम्वोधन नभए १७ गतेदेखि २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । जसमा कालोपट्टी बाँधेर जुलुस प्रदर्शन गर्नेदेखि मुख्यमन्त्री कार्यालय घेराउसम्मका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप