शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एप्पलका सहसंस्थापकको सहभागितामा ‘क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन’

बुधबार, १७ भदौ २०७७, १३ : ३९
बुधबार, १७ भदौ २०७७

काठमाडौं÷ कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिबारे अध्ययनरत विद्यार्थीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्ने उद्देश्यले आयोजित ‘क्वान्टम ह्याक अन्तर्राष्ट्रिय ह्याकाथोन’ कार्यक्रम सम्पन्न भएको छ । १२ भदौदेखि आयोजित यस वेविनार कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै बिभागको सहभागिता रहेको थियो । भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्ष्टजेन संस्थाले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ७० भन्दा बढी समूहका २५० जनाले विभिन्न परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए । प्रकोप ब्यवस्थापन,सबैका लागि आधुनिक बित्तीय ब्यबस्थापन ,शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या ब्यवस्थापन,वातावरण लगायत स्वतन्त्र बिचार   शीर्षक जस्ता बिभिन्न छ बटा बिधामा प्रबिधिको प्रयोग तथा त्यसको माध्यमद्वारा समस्याको समाधान पत्ता लगाउने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो । 

करिव दुईहजार पाँच सयजनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए । कुनै पनि नेपाली कार्यक्रममा एप्पलका सहसंस्थापक सहभागी भएको यो पहिलो अवसर हो । कार्यक्रममा आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर  जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्यबक्ताको रुपमा सम्बोधन गरेका थिए । 
यस कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए भने  विभिन्न  विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एबं बिभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरुले प्रस्ताबित परियोजनाको मूल्याङ्कन गरेका थिए । परियोजनाअन्तर्गत प्रतियोगितामा बिभिन्न छ बटा टिम पुरस्कृत भएका थिए । 

लगातार ३६ घण्टासम्म  चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी , कार्यशालालगायत  स्वदशी तथा बिदेशी सेलिब्रेटीहरुले गायन ,नृत्य एबं अन्य कार्यक्रम प्रस्तुुत गरेका थिए । 
नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियारले कठिन परिस्थितीमा पनि कार्यक्रम सम्पन्न गर्न पाउनुगौरवको विषय रहेको बताए । कार्यक्रममा देखिएको उत्साहजनक सफलताले भवियमा यस्तै कार्यक्रम र प्रतिस्पर्धा आयोजना गर्नका लागि हौसता मिलेको मिडिया म्यानेजर अनिसा अधिकारीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप