शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनले खरिद गरे नयाँ विलासी कार, गर्न थालियो ट्रोल

बुधबार, १७ भदौ २०७७, १३ : २८
बुधबार, १७ भदौ २०७७

बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन् । यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले कार खरिद गर्नु सोसल मिडिया प्रयोगकर्तालाई मन परेन र उनीहरुले बिग बीलाई ट्रोल गर्न सुरु गरे ।

एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लाग्छ अमिताभ बच्चनसँग गाडीको कमी छ । एक सोनू सूद छन्, जसले सबैको मद्दत गरिरहेका छन् । हुन त उनको पैसा, उनकै मर्जी हो । हामी को हौं र भन्ने । ’

अर्का प्रयोगकर्ताले लेखे, ‘के देखावटी गरिरहनुभएको हो ? ’

अर्का एक प्रयोगकर्ताले कमेन्टमा लेखे, ‘यी महानायक बन्छन् र सुशान्त सिंह राजपूतको विषयमा एउटा पोस्ट पनि लेख्दैनन् ।’

यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यत्रो पैसा छ भने दान किन गर्दैनौ ?’

रिपोर्टका अनुसार यो काल हालै भारतमा लञ्च भएको हो र अमिताभलाई यो यत्ति मन पर्यो कि उनले तुरुन्तै किनिहाले । अमिताभको यो नयाँ कारको मूल्य १ करोड ३८ लाख भारु बताइएको छ ।

स्मरण रहोस्, कोरोनालाई मात दिएपछि अमिताभले कौन बनेगा करोडपति १२ को सुटिङ सुरु गरिसकेका छन् । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप