आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा बाबुले गरे छोरीलाई बलात्कार, आमाद्वारा प्रहरीमा उजुरी

बुधबार, १७ भदौ २०७७, १३ : ०८
बुधबार, १७ भदौ २०७७

काठमाडौं । काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ ।

बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् । 

छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।

बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप