बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा पहिरोमा पुरिएर १ महिलाको मृत्यु

बुधबार, १७ भदौ २०७७, १२ : ५९
बुधबार, १७ भदौ २०७७

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । 

पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बतए । सोमैकी तीन वर्षीया छोरी करिष्मा  पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप