बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो तीन दशकमा अष्ट्रेलियामा पहिलो मन्दी

बुधबार, १७ भदौ २०७७, ०९ : ५८
बुधबार, १७ भदौ २०७७

कोरोनाभाइरसले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धि रोकेको छ । ताजा आँकडा अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतको गिरावट दर्ता गरिएको छ । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो ।

अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो । लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आएपछि त्यसलाई मन्दी भनिन्छ । अष्ट्रेलिया मात्रै एउटा यस्तो ठूलो अर्थव्यवस्था थियो जुन सन् २००८ को विश्वव्यापी मन्दीबाट बच्न सकेको थियो ।

यसको कारण मुख्य रुपमा चीनमा अष्ट्रेलियाको प्राकृतिक स्रोत साधनको माग बताइएको छ । यो वर्षको सुरुमा डढेलो र कोरोनाभाइसको सुरुवाती प्रभावको कारण अष्ट्रेलियाको अर्थव्यवस्थामाथि क्षती पुगेको थियो ।

त्यसपछि लकडाउनका कारण पूरा देशमा बन्द भएको व्यापार व्यवसायले अर्थव्यवस्थाको स्थिती थप खराब पारिदियो । सरकार र सेन्ट्रल बैंकद्वारा उठाइएको कदमबाट पनि खासै केही असर हुन सकेन ।

वस्तु एवं सेवामा अत्यधिक कम खर्च भएका कारण पछिल्लो ६१ वर्षमा यो सबैभन्दा खराब आर्थिक वृद्धि बन्न गयो । अष्ट्रेलियामा अन्तिम पटक सन् १९९० को मध्यमा आर्थिक मन्दी आएको थियो जुन सन् १९९१ सम्म चलेको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप