भारत–चीन सीमा विवादः ‘स्थिती सन् १९६२ भन्दा पनि खराब हुनेछ’

‘यदि भारत सैन्य मुठभेड चाहन्छ भने चीनको पिपल्स लिबरेशन आर्मीले भारतीय फौजलाई सन् १९६२ को भन्दा बढी क्षती पुर्याउनेछ ।’
चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ को यो सम्पादकीयलाई दिल्लीबाट छापिने अंग्रेजी पत्रिका ‘टाइम्स अफ इन्डिया’ ले प्रकाशित गरेको छ ।
‘ग्लोबल टाइम्स’ को यो चेतावनी भारत र चीनबीच चलिरहेको सीमा विवादको विषयमा भएको हालैको घटनाक्रम बीच आएको हो ।
‘टाइम्स अफ इन्डिया’ का अनुसार ग्लोबल टाइम्सले गत हप्ता एक सर्वेक्षणको हवाला दिँदै ९० प्रतिशत चिनियाँ मानिसहरु भारतविरुद्ध बदलाको कारवाही चाहने दाबी गरेको थियो ।
ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारतभन्दा थुप्रै गुणा शक्तिशाली छ र भारत चीनसँगको मुठभेडमा कतै पनि टिक्न सक्दैन । भारतले अमेरिकाजस्तो ताकतसँग साँठगाँठ गरेर चीनसँग लड्न सक्छ भन्ने भारतको सोचलाई चीनले अब तोड्नु पर्ने बेला आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा