शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कालमा दोस्रो पटक रकम बाँड्दै दक्षिण कोरिया

बुधबार, १७ भदौ २०७७, ०७ : ०१
बुधबार, १७ भदौ २०७७

दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकका लागि दोस्रो पटक रकम बाँड्ने भएको छ ।

दक्षिण कोरियाका अर्थमन्त्रीले सरकार र सत्ताधारी पार्टीले केही परिवारलाई रकम बाँड्नुपर्ने बताएका छन् । कोरोनाभाइरसका कारण लागू गरिएको नियमले अर्थव्यवस्थालाई क्षती पुर्याएको भन्दै यसो गर्न अत्यावश्यक भएको उनको ठहर छ ।

मंगलबार टिभीमा प्रसारित एक अन्तरवार्तामा हङ्ग–नेम–की ले सबै परिवारलाई पैसा दिनुको साटो आवश्यकतामा परेकालाई पैसा दिनु थप प्रभावकारी भएको उनले बताए ।

सरकारले यसअघि मे महिनामा सबै परिवारलाई रकम बाँडेको थियो । यसो गरेर सरकारले आफ्ना नागरिकलाई कोरोना महामारीबाट निम्तिएको आर्थिक मारबाट निकाल्न चाहन्थ्यो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप