महामारीलाई त्यतिबेला परास्त गर्न सकिन्छ जतिबेला हामी यो सँगै बाँच्न सिक्नेछौंः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ ।
डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई न्यूजसँग भने, ‘जब हामी महामारीमाथि विजय हाँसिल गर्नेर्छौं यो भ्याक्सिनले मात्रै सम्भव हुन्छ भन्ने आवश्यक छैन । यस्तो हामीले त्यतिबेला मात्र गर्न सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं र यो हामी भोलिदेखि नै लागू गर्न सक्छौं ।’
आउँदो महिनामा संक्रमणको दोस्रो लहरबाट बच्नका लागि पुनः व्यापक रुपमा लकडाउन गर्नुपर्ला भनेर सोधिएको प्रश्नमा उनले भने, ‘छैन । मलाई आशा छ कि यसको आवश्यक पर्ने छैन तर स्थानीय स्तरमा लगाइने लकडाउनको सम्भावनालाई खारेज भने गर्न सकिँदैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास