केन्द्रीय संस्करण

महामारीलाई त्यतिबेला परास्त गर्न सकिन्छ जतिबेला हामी यो सँगै बाँच्न सिक्नेछौंः डब्ल्यूएचओ

person explore access_timeभदौ १७, २०७७ chat_bubble_outline0

विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन  आवश्यक भएको बताएको छ ।

डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई न्यूजसँग भने, ‘जब हामी महामारीमाथि विजय हाँसिल गर्नेर्छौं यो भ्याक्सिनले मात्रै सम्भव हुन्छ भन्ने आवश्यक छैन । यस्तो हामीले त्यतिबेला मात्र गर्न सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं र यो हामी भोलिदेखि नै लागू गर्न सक्छौं ।’

आउँदो महिनामा संक्रमणको दोस्रो लहरबाट बच्नका लागि पुनः व्यापक रुपमा लकडाउन गर्नुपर्ला भनेर सोधिएको प्रश्नमा उनले भने, ‘छैन । मलाई आशा छ कि यसको आवश्यक पर्ने छैन तर स्थानीय स्तरमा लगाइने लकडाउनको सम्भावनालाई खारेज भने गर्न सकिँदैन ।’

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.