बेइजिङका विश्वविद्यालयहरूले पठनपाठन सञ्चालन गर्दै

एजेन्सी । चीनमा नयाँ शैक्षिक वर्ष शुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।
मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ । सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।
पेकिङ युनिभर्सिटी (पीकेयू) ले मंगलबार तीन हजार ३००भन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने सङ्क्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।
विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन
-
रौतहटको चाँदी खोलामा बालकको शव फेला
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?