प्रधानमन्त्री ओलीले बंगलादेशसँग सापटी मागे युरिया मल
मङ्गलबार, १६ भदौ २०७७, १८ : ५८
१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले वंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागेका छन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री हसिनालाई फोन गरी धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
नेपालले खरिद गरेको मल ल्याउन ठेकेदार कम्पनीहरुले ढिलाई गरिरहेका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेका कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए । साथै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धको बारेमा पनि कुराकानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर
-
निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक