बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हवाइ क्षेत्रमा कर छुटको व्यवस्था गरिँदै, के- केमा छुट ?

मङ्गलबार, १६ भदौ २०७७, १५ : ०६
मङ्गलबार, १६ भदौ २०७७

संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले ल्याउन लागेको हवाइ नीति २०७७ मा कर छुट तथा सहुलियतको व्यवस्था गरिएको छ । हवाई नीतिको मस्यौदामा कर छुटसम्बन्धी व्यवस्था गरिएको छ ।  रोजगारमुलक नागरिक उड्यन क्षेत्रमा काम सुरु गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने व्यक्ति वा संस्थालाई  आयकरमा पूर्ण छुट दिने  व्यवस्था मिलाइने उल्लेख छ ।

पाँच वर्ष भन्दा कम उमेर भएका जहाज आयात गर्नेक्रममा प्रत्येक वायुयान आयात गर्दाको भन्सारको महसुल र  लिज करमा सहुलियत दिइने नीति छ ।  यस्ता जहाजको निरन्तर सञ्चालनको क्रममा पहिलो तीन वर्षसम्म आयकरमा छुट दिइनेछ ।  अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा सञ्चालक कम्पनीलाई हवाइ इन्धन र भन्सार महसुलमा सहुलियत प्रदान गरिनेछ । 

नयाँ फ्लाइङ स्कुल सञ्चालनमा आएदेखि  पहिलो पाँच वर्षसम्म आयकरमा छुट दिइनेछ ।  इन्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको जहाज मर्मत सम्भार गर्ने संस्थाका लागि १० वर्षसम्म आवश्यक जग्गा उपलब्ध गराउने र सञ्चालनमा आएको पाँच वर्षसम्म आयकरमा छुट दिइने र पछिल्लो पाँच वर्ष पचास प्रतिशत छुट दिइने व्यवस्था गर्न लागिएको  छ । 

कुनै वायु संस्थाले एक नयाँ वायुयान थप गर्दा  दुई आर्थिक वर्षसम्म र दुइ वा सो भन्दा बढी जहाज खरिद गर्दा थप तीन वर्षसम्म आयकरमा ५० प्रतिशत  छुट  दिइने व्यवस्था गरिँदै छ । हवाइ नीतिको लागि  मस्यौदामाथि मन्त्रालयले राय सुझाव मागेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप