भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ ।
झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो । सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ । यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।
भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो । आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन् ।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए । कोमामा रहेका उनको सोमबार निधन भएको सो अस्पतालले घोषणा गरेको थियो । उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ । उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत भएका थिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार