महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी
रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ ।
डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ ।
महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो ।
भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ ।
भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ ।
महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।
त्यसपछि उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँकिन्छ । सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो भन्नेबारे जानकारी उपलब्ध छैन ।
स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकोले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गर्छन् ।
ती महिलाको पहिचान खुलाइएको छैन न नै सर्पको प्रजाति नै खुलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा