बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साउदी अरब परिवारका दुई सदस्य सहित थुप्रै वरिष्ठ अधिकारी बर्खास्त

मङ्गलबार, १६ भदौ २०७७, ०९ : ०६
मङ्गलबार, १६ भदौ २०७७

साउदी अरबमा शाही परिवारका दुई सदस्यसमेत थुप्रै अधिकारीलाई पदबाट बर्खास्त गरिएको छ ।

शाही निर्णय जारी गर्दै साउदीका युवराज मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीलाई बर्खास्त गरेको जानकारी दिइएको छ ।

 राजकुमार फहाद बिन सलमान यमनमा साउदीको अगुवाई रहेको सैन्यबलका कमान्डर थिए ।

फहाद बिन तुर्कीका छोरा अब्दुल अजिज फहादलाई पनि डेप्युटी गभर्नरको पदबाट हटाइएको छ ।

साउदी रक्षा मन्त्रालयको एक सार्वजनिक आदेशमा शाही परिवारका यी दुई सदस्यले चार अधिकारीसँग मिलेर संदिग्ध आर्थिक लेनदेन गरेको जानकारी दिएको छ । यसका लागि अनुसन्धान हुनै बाँकी छ ।

साउदी अरबका शासक तथा सर्वेसर्वा मानिने युवराज मोहम्मद बिन सलमानले सरकारमा व्याप्त कथित भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका छन् ।

यद्यपि, आलोचकका अनुसार यी महत्वपूर्ण पदमा आसिन यी दुई व्यक्तिको गिरफ्तारीको वास्तविक उद्देश्य युवराज सलमानकामे सत्ताको बाटोमा रहेको अड्चनलाई हटाउनु हो ।

यसै वर्ष केही समय अघि अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा पूर्व युवराज मोहम्मद बिन नायेफकाम भाइ राजकुमार अहमद बिन अब्दुल अजिजलाई गिरफ्तार गरिएको खबर प्रकाशित गरेको थियो ।

सन् २०१७ मा शाही परिवारका दर्जनौं सदस्य, मन्त्री र व्यापारीलाई रियादको रिट्ज–कार्लटन होटलमा हिरासतमा लिइएको थियो ।

यद्यपि, पछि यीमध्ये धेरैलाई रिहा गरिएको थियो तर यसको बदलामा उनीहरुले साउदी सरकारसँग १०६.७ बिलियन डलरको सम्झौता गर्नुपरेको थियो ।

सन् २०१६ मा सत्तामा आएपछि ३५ वर्षीय युवराज मोहम्मद बिन सलमानले रुढिवादी साउदी अरबमा प्रगतिशील मानिने थुप्रै सामाजिक र आर्थिक निर्णय लिए, यसका लागि उनले अन्तरराष्ट्रिय स्तरमा प्रशंसा बटुले ।

यद्यपि, उनीमाथि थुप्रै स्क्यान्डल र षड्यन्त्रमा समावेश भएको आरोप पनि लागिरहन्छ जसमा जमाल खग्गोसीको हत्या सबैभन्दा प्रमुख छ । युवराज सलमान यमनमा जारी युद्धमा सरकार समर्थक सैन्य बललाई साथ दिनका लागि पनि आलोचित हुने गर्छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप