शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमाको शाखा रुपन्देहीको भलवारीमा

सोमबार, १५ भदौ २०७७, १९ : ४२
सोमबार, १५ भदौ २०७७

काठमाडौं । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय संचालनमा ल्याई बैंङ्किङ सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे ।

कोरोनाभाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंङ्किङ सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंङ्किङ सेवा प्रदान गर्ने छ । 

जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोनाभाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप