दैनिक बढीमा ८ सय यात्रु ल्याउन पाइने
सोमबार, १५ भदौ २०७७, १७ : ४७

काठमाडौं । मन्त्रिपरिषदको बैठकले दैनिक बढीमा ८ सय यात्रु हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको मन्त्री खतिवडाले बताए । अब आइसोलेशनको समस्या नपर्ने र पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी दिए ।
यस्तै नेपालमा परिवारका सदस्य विरामी भएका वा मृत्यु भएमा गैर आवासीय नेपालीलाई नेपाल आउन अनुमति दिने निर्णय भएको छ । यस्तै वैदेशिक रोजगारीमा नेपाली गएका देशमा पिसिआर परिक्षण नहुने देशबाट नेपाल आउन भने अनुमति नदिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे