शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट गाँजासहित २ जना पक्राउ

सोमबार, १५ भदौ २०७७, १७ : १२
सोमबार, १५ भदौ २०७७

काठमाडौँ । पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो ।  अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट पक्राउ गरेको थियो । 

उनीहरु आइतबार राति ग ९ प ६०२८ नम्बरको मोटरसाइलमा अवैध लागुऔषध गाँजा ६ किलो १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन बोकेर हिँडेका थिए ।   प्रहरीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार संजोक विक ड्राइभर हुन् भने शिलाष विक सटिङको काम गर्थे ।  उनीहरुविरुद्ध लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप