महोत्तरीमा निषेधाज्ञा पुनः एक साता थपियो

जलेश्वर । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि महोत्तरीमा लगाइएको निषेधाज्ञा पुनः एक साताको लागि थपिएको छ । सोमबार राति १२ बजेदेखि सम्पन्न हुन लागेको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः थप गरी बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । यस निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु विहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको जनाइएको छ ।
प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने उनले जनाए । अहिलेसम्म महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)
-
भारतीय ऊर्जामन्त्री खट्टर नेपालमा (तस्बिरहरू)
-
शिक्षामन्त्री बन्न लागेको चर्चाप्रति के भन्छिन् अन्जान शाक्य ?