शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीका राष्ट्रपतिले गरे बलिदानको कुरा, फ्रान्स–ग्रिसलाई दिए चेतावनी

सोमबार, १५ भदौ २०७७, १५ : ००
सोमबार, १५ भदौ २०७७

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले आइतबार फ्रान्स र ग्रीसमाथि मज्जाले निशाना साँधेका छन् । अर्दोआनले उनीहरुलाई लोभी र अयोग्य बताएका छन् ।

पूर्वी भूमध्यसागर टर्कीको ऊर्जा खोज अभियानलाई फ्रान्स र ग्रीसले चुनौती दिएको छ । यसै कारण अर्दोआन रिसाएका छन् ।

पूर्वी भूमध्यसागरमा ऊर्जा भण्डारको खोजीका लागि ग्रीस र टर्कीबीच निकै मनमुटाव चलिरहेको छ । टर्कीविरुद्ध फ्रान्स पनि खुल्ला रुपमा ग्रीसलाई साथ दिइरहेको छ ।

यहाँसम्म कि युरोपमा टर्कीविरुद्ध एक किसिमको गोलबन्दी बनिरहेको देखिएको छ । ग्रीस, फ्रान्स र टर्की तीनै नेटोका सदस्य हुन् । यस्तोमा नेटो सदस्य नै आपसमा उल्झिएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार अर्दोआनले आफ्नो अधिकारीलाई भनेका छन्, ‘ग्रीस र फ्रान्सले आफ्ना लोभी र असक्षम नेताका कारण भोग्नु पर्नेछ ।’

१० अगस्टमा टर्कीको रिसर्च पोत ग्रीसको जलक्षेत्रमा गएको थियो । त्यसपछि नै दुई देशका नौसेना सक्रिय भएका छन् । दुई देशका नौसेना युद्धाभ्यास पनि गरिरहेको छ ।

फ्रान्स फाइटर्स जेट ग्रीसको पक्षमा छ । फ्रान्सले टर्कीलाई खतरासँग नखेल्न चेतावनी पनि दिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले टर्कीले कुराकानीको बाटो बुझ्दैन भनेर आरोप लगाएका छन् ।

अर्दोआजले आइतबार भने, ‘यदि फ्रान्स र ग्रीस दुबैसँग लड्ने बेला आएको छ भने हामी बलिदान दिन संकोच मान्ने छैनौं । प्रश्न यो हो कि भूमध्यसागरमा यी हामीविरुद्ध उत्रिन्छन् भने के उनीहरु बलिदानका लागि तयार छन् ?’

शनिबार टर्कीले आफूहरु उत्तरी साइप्रसमा सैन्य अभ्यास गर्न लागेको बताएको थियो ।

यसअघि टर्की र ग्रीसले पनि आफूहरुले मंगलबार ग्रीसको क्रिट द्वीप नजिकै एक–अर्काको विरोधमा सैन्य अभ्यास गर्ने बताएा थिए ।

यी दुई देशबीच पूर्वी भूमध्यसागरमा तेल र ग्यास भण्डारमा दाबीको विषयमा विवाद बढेको छ । टर्कीले आधिकारिक यो क्षेत्रबाट जहाजलाई टाढै राख्न भन्दै चेतावनी जारी गरेका थिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप