बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिया चक्रवर्तीको समर्थनमा तापसी पन्नुको पोस्ट भाइरल, यतिसम्म भनियो

सोमबार, १५ भदौ २०७७, १४ : २३
सोमबार, १५ भदौ २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मुद्दामा सिबिआई समूह लगातार अनुसन्धानमा जुटेको छ । यो मामिलामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित उनका भाइ शौविक चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी र स्यामुअल मिरान्डा, उनका घरेलु निरज र दिपेशसँग सिबिआइको समूहले लगातार सोधपुछ गरिरहेको छ । यसबैभी बलिउड नायिका तापसी पन्नुको ट्वीट सोसल मिडियामा मज्जाले भाइरल भइरहेको छ ।

मानिसहरुले तापसीलाई गरे ट्रोलः

तापसीले सुशान्तको निधन भएको लगभग साढे दुई महिनापछि पहिलो पटक यसबारे पोस्ट गरेकी छिन् । तर इन्टरनेट प्रयोगकर्तालाई तापसीको यो ट्वीट फिटिक्कै मन परेन जसका कारण उनलाई सोसल मिडियामा लगातार ट्रोल गरिँदै छ । वास्तवमा, तापसीले आफ्नो यो ट्वीटमा रिया चक्रवर्तीको समर्थन गरेकी छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘म व्यक्तिगत रुपमा न त सुशान्तलाई चिन्दछु न नै रियालाई । तर न्यायपालिका अघि नै कसैलाई दोषी साबित गर्नु कुनै पनि हालतमा सही होइन भन्ने चाहिँ थाहा छ । कानूनमाथि विश्वास गर ।’

के भन्छन् प्रयोगकर्ता ?

तापसीको यो ट्वीट पछि मानिसहरुले उनलाई भन्न सम्म भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘तापसी म तिम्रो निकै ठूलो फ्यान थिएँ.. इन्स्टाग्राममा फलो गर्दथेँ तर ट्वस्टरमा तिमीले गलत व्यक्तिलाई साथ दिनु, गलत ट्वीट गर्नु.. यो सबै देखेर तिमी मेरो मनबाट बाहिर निस्किएकी छौ । तिमीले जतिसुकै राम्रो काम गर, तिमीले यो गलतलाई साथ दिनु तिम्रो लागि भारी हुनेछ ।’

उनको यो ट्वीटमा अन्यको भनाई कस्तो छ हेरौंः

सुशान्त केसमा सिबिआईले सोमबार रिया चक्रवर्तीसँग चौथो पटक सोधपुछ गर्नेछ । साथै, सिबिआईको समूहले सोमबार नै सुशान्त सिंहकी बहिनी मितू सिंहसँग पनि सोधपुछ गर्नेछ  । यसका लागि सिबिआईले मितूलाई समन पनि पठाएको छ । स्रोतका अनुसार आज मितू सिंह र रियालाई आमने–सामने राखेर सोधपुछ हुनेछ । यो मुद्दासँग जोडिएका अन्य मानिसहरुलाई पनि सोधपुछ गरिने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप