जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए
युएई- जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्।
सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन पाएनन्। नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो। जहाज स्थानीय समय अनुसार बिहानको ८:३० बजे उडेको हो।
आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए।
'नेपाली यात्रुलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन ।' उनले भने । उनले जहाजमा २ सय ५८ जना नेपाली यात्रु फर्किएको रातोपाटीलाई बताए।
युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएको हकमा जरिवाना लिएको छ। जसका कारण आज स्वदेश फर्कने नेपालीहरु समयमा घर फर्कने टिकट नपाउँदा र लामो समयसम्म युएईमानै बस्नु पर्दा जरिवानामा परेका हुन् ।
सरकारले कहिले उद्धार उडान रोक्ने, जहाज सङ्ख्यामा पनि कोटा निर्धारण गर्ने, नियमित उडानको नाममा केही थान जहाज पठाउने निर्णय गर्ने, कमर्सियल फ्लाइटको भाडादर महँगो गर्नेजस्ता नियम लगाउँदा उनीहरु जस्तै थुप्रै नेपाली श्रमिकहरुले जरिवाना तिर्न बाध्य भएका छन् । सरकारले यस्ता विषयमा बेलैमा सोचेन भने युएईमा हजारौं नेपाली कामदारहरु समस्यामा पर्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिल्लासँगको हारपछि थप संकटमा सिटी
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो