उच्च रक्तचाप, रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ?
विश्वमा सबैभन्दा धेरै मानिसको मृत्युको कारण मुटु रोग हो । विश्वमा करिब एक करोड र नेपालमा करिब ३३००० मानिसको मृत्यु उच्च रक्तचाप अथवा यसको जटिलताबाट हुने गरेको छ। हाम्रो मुटुको ३/४ भाग छातीको बीचमा हुन्छ र १/४ भाग बायाँतर्फ हुन्छ । मुटुको काम हाम्रो शरीरको सम्पूर्ण भागमा रगत संचालन गर्ने हो । उच्च रक्तचाप बुझ्नु भन्दा पहिले हामीले रक्तचाप बुझ्न जरुरी छ । मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा संचालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्छ, यसलाई नै रक्तचाप भनिन्छ । जुन चाप बढी भयो भने उच्च रक्तचाप भनिन्छ । रक्तचापलाइ मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ । मुटु खुम्चिदा पैदा भएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटु फैलिदा पैदा भको रक्तचापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ ।
उच्च रक्तचापको परिचय
उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।
उच्च रक्तचापका कारणहरु
करिब ९० प्रतिशतमा कुनै पनि निश्चित कारण थाहा हुदैन भने बाँकी १० प्रतिशतमा विभिन्न रोग जस्तै मिर्गौलाको रोग, मधुमेह आदिले गर्दा हुने गर्दछ । धूम्रपान, रक्सी तथा सुर्तीजन्य प्रदार्थ को सेवन, मोटोपन, असन्तुलित आहार व्यवहार, आत्यदिक मात्रामा नुन खाने,व्यायामको अभाव, वंशाणुगत ( पहिलो श्रेणीका आफन्त), उमेर (३० बर्ष भन्दा माथी) भएको मानिसहरुमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ ।
लक्षणहरु
धेरैजसो उच्च रक्तचाप भएको मानिसहरुमा केही पनि लक्षण देखिँदैन । त्यसैले उच्च रक्तचापलाई सुषुप्त हत्यारा (silent killer) पनि भनिन्छ । धेरै जसो मानिसहरू आफ्नो रक्तचाप बडेको चाल नै पाउदैनन्, सिधै जटिलता ( मिर्गौला फेल हुने, हृदयघात, पक्षघात, रगत नलि फुट्ने, आन्धोपन, अङ्गभङ्ग हुने, हातखुट्टा नचल्ने..आदि) लिएर अस्पताल आउने गर्छन् । लक्षण दखिएको अवस्थामा टाउको दुख्ने, रिगटा लग्ने, आँखा धमिलो हुने, झुम्म हुने, थकाइ महसुस हुने, शरीर आलश्य हुने, अकस्मात नाकबाट रगत बग्ने,मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुने जस्ता प्रमुख लक्षणहरु देखिन सक्छन् ।
समस्याको प्रारम्भिक पहिचान कसरी गर्ने ?
३० बर्ष वा सोभन्दा माथिको उमेरको मानिसले कम्तिमा पनि ६ महिनामा एकपटक आफ्नो रक्तचाप आनिवार्य जाँचेर भबिस्यमा हुने ठुलो दुर्घटनाबाट बच्नु पर्दछ । उच्च रक्तचाप भएको मानिसले १५-१५ दिनमा आफ्नो रक्तचाप जाँच्ने गर्नुपर्छ र धेरैमा ६ महिनामा चिकित्सकसंग परामर्श लिने गर्नुपर्छ । प्रत्येक ६ महिनामा रगतमा कोलेस्ट्रोल , सुगर, किर्याटिनिनको जाँच, इ. सी. जि., इ. को आनिवार्य रूपमा गर्नुपर्दछ ।
उच्च रक्तचापको रोकथाम तथा नियन्त्रण:
१. धूम्रपान, मदिरा, र सुर्तीजन्य प्रदार्थहरु बाट टाडै रहने ।
२. नुन कम खाने:
नुन शरीरको लागि अतिआवश्यक तत्व हो तर यो शरीरलाई थोरै मात्रामा भए पुग्छ । एउटा स्वस्थ मानिसले प्रतिदिन पाँच ग्राम भन्दा बढी नुन खानु हुँदैन। अझ उच्च रक्तचाप भएको मानिसले २.५ ग्राम भन्दा धेरै खानु हुँदैन । नुन कम खाने भन्दा सरल सुनिए पनि यसको लागि हामी चनाखो हुन जरुरी छ । अत्याधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, ससेज, सिसीको अचार, भुजिया, नुनिलो बिस्कुट जस्तो खानेकुरा सकेसम्म कम खानुपर्छ ।
३. चिल्लो कम खाने:
तेलमा डुबाएको खानेकुराहरु जस्तै रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चीज,पकौडा, तेलमा भुटेको आलु, तारेको मासु, रोस्ट, सेलरोटी सकेसम्म कम खानुपर्छ किनकि यस्ता खानेकुराले शरीरको रक्तनलीलाई साघुरो बनाउँछ । रक्तनलीमा रगतको चाप बड्छ, र उच्च रक्तचापलाई निम्त्याउँछ। माछाको सेवन भने फाइदाजनक मानिन्छ । हप्तामा २ चोटी माछा खाँदा राम्रो हुन्छ तर तेलमा डुवाएर खानु उचित मानिँदैन।
४. वजन घटाउने:
उच्च रक्तचाप नियन्त्रणको लागि स्वस्थ वजनको आवश्यक हुन्छ। एउटा व्यक्तिको लागि स्वस्थ वजन कति हुन्छ भन्नेबारे विभिन्न अबधारणाहरु छन् । एउटा हो ब्रोसा इन्डेक्स (Broca Index), यस अनुसार आफ्नो उचाईलाई सेन्टिमीटरमा नाप्नुहोस् । तेसमा १०० घटाउनुहोस् । जुन प्रतिफल आउँछ, त्यो नै तपाईंको लागि उपयुक्त वजन हो । यसको १० प्रतिशत तलमाथी भएपनि सामान्य मानिन्छ । कम्मरको गोलाइ बाट पनि वजन सहि छ कि छैन पत्ता लगाउन सकिन्छ । सामान्य पुरुषको कम्मरको गोलाइ ४० इन्च भन्दा कम हुनु पर्छ भने महिलाको कम्मरको गोलाइ ३५ इन्च भन्दा कम हुनु पर्छ ।
५. नियमीत औषधि खाने:
बिरामीले चिकित्सकले सिफारिस गरेको बमोजिम नियमित औषधि खानै पर्छ किनभने नियमित औषधि नखाएपछि पछघात, हृदयघात, मिर्गौला फेल, अङ्ग भङ्ग हुने, आदि शरीर नचल्ने देखि लिएर आक्स्मित मृत्यु समेत हुन सक्छ ।
६. नियमित व्यायाम गर्ने:
हरेक मानिसले प्रत्येक दिन ३० मिनेट पसिना आउने गरि कुनै न कुनै व्यायाम गर्नुपर्छ जस्तै पौडि खेल्ने, खेतबारिमा काम गर्ने, छिटो छिटो हिँडने, दगुर्ने, व्याम गर्ने आदि ।
७. प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खाने:
पोटासिएम धेरै भएको खानेकुराहरु जस्तै केरा, ब्रोकाउली, बन्दा, सुन्तला, मेवा, बेल, कागती आदि धेरै सेवन गर्नु धेरै लाभदायक हुन्छ । प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, धनिया, काक्रो, रेसायुक्त खानेकुराहरु, प्रशस्त मात्रामा पानी खानुपर्छ l पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । ताजा फलफूल नियमित खानुपर्छः ताजा फलफूलमा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ । प्रतिदिन नियमित २,३ चोटी हरियो सागसब्जी खानुपर्छ ।
८.नियमित रक्तचाप जाँच गर्ने र रेकड रख्ने:
रक्तचापको औषधिको सेवन गर्ने र नगर्ने दुबै बिरामीले कम्तीमा पनि ६ महिनामा चिकित्सकसंग अनिवार्य रुपमा परामर्श लिनुपर्छ । आफ्नो आवश्यकता अनुसार चिकित्सकले भने बमोजिम फलो अपमा जानुपर्छ।
जटिलताहरु:
यदि उच्चरक्तचापको नियन्त्रण गर्न नसकेमा विभिन्न अङ्गमा असर गर्दछ । कतिसम्म भने यसको जटीलता बढ्दै जाँदा मानिसको मृत्युसमेत गराउन सक्छ ।
लेखक नेपाल मेडिकल कलेज , जोरपाटी काठमाडौंमा बि. ए. सी. नर्सिङ चौथो वर्षमा अध्यनरत छात्रा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन