शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा दुई जना संक्रमितको शव व्यवस्थापन, रौतहटमा मर्नेको संख्या ५ पुग्यो

सोमबार, १५ भदौ २०७७, १२ : २६
सोमबार, १५ भदौ २०७७

रौतहट । रौतहटस्थित नेपाली सेनाको टोलीले दुई जना कोरोनाभाइरस संक्रमितको शव व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले बताए । तालिम प्राप्त सेनाको टोलीले राष्ट्रिय धुन बजाएर सलामीसहित संक्रमितको शव व्यवस्थापन गरेको कर्णेल खाँणले जानकारी दिएका छन ।

गमहरियाका ३० वर्षीय पुरुष श्वास प्रश्वास तथा किड्नी रोगबाट ग्रसित हुँदा गत ७ गते वीरगञ्जस्थित कोरोना विशेष हेल्थ केयर अस्पतालमा पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो । पचारको क्रममा उनको शनिवार राति मृत्यु भएको थियो ।

त्यसैगरी राजपुरका ४० वर्षीय पुरुष  चिनिरोग, ज्वरो र झाडापखालाबाट ग्रसित भएपछि गत १२ गते वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गर्ने क्रममा पीसीआर जाँचमा पोजेटिभ देखिएको थियो । उपचारको क्रममा उनको पनि गत राति मृत्यु भएको थियो ।

आइतबार रातिनै दुवैजनाको शव एम्बुलेन्सबाट मगाएर व्यवस्थापन गरिएको थियो । यसका साथै रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप