न्युजिल्याण्डको अक्ल्याण्डमा लकडाउन हट्यो, मास्क अनिवार्य
न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अक्ल्याण्डमा लकडाउन हटेपछि सोमबारदेखि स्कूल र व्यवसायहरु सञ्चालनमा आएका छन् । सय दिनसम्म कोरोनामुक्त रहेको न्युजिल्याण्डमा पुनः भाइरसको संक्रमण देखिएपछि लकडाउन गरिएको थियो । अहिले लकडाउन हटेपनि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।
प्रधानमन्त्री जसिन्डा आड्र्रेनले आइतबार अक्ल्याण्डमा लागू गरिएका प्रतिबन्धरु खुकुलो गरिएको घोषणा गरिन् । तर, सार्वजनिक यातायातमा भने मास्कलाई अनिवार्य गरिएको जानकारी दिइन् ।
‘हामीसँग योजना छ, जसले काम गर्छ भन्ने हामीलाई थाहा छ । हामीले सबैको साथ र सहयोग चाहिएको छ । यदि सबैजनाले ती नियम र निर्देशनलाई पालना गरे भने हामीसँग भएको स्वास्थ्य उपायहरुले त्यो कार्यान्वयन हुनेछ,’ उनले भनिन् ।
विद्यालयहरु खुले पनि सर्वाजनिक समारोहमा प्रतिबन्ध कायम राखिएको छ । देशको अन्य भागमा भने लेभर २ को अलर्ट राखिएको छ । यसको अर्थ त्यहाँ सामाजिक दुरीको नियम पालना गर्नुपर्नेछ ।
रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
-
सङ्खुवासभामा आगलागीबाट पाँच घर जले