कोरोनाको परवाह नगरी शल्यक्रिया
काठमाडौं । यतिबेला विश्वमै कोरोना अर्थात कोभिड–१९ को आतंक छ । कोरोना संक्रमणकै कारण गरिएका लकडाउन, निषेधाज्ञा लगायतका प्रावधानले कतिपय मानिस ‘रोगले भन्दा पनि भोकले मरिने हो कि’ भन्ने अवस्थामा पुगेका छन् भने कतिपयलाई कोरोनाभन्दा पनि अन्य रोगको उपचार समयमै हुन नसक्दा जीवन जोखिममा पर्दै गएको महसुस भइरहेको छ ।
हुन पनि अस्पतालहरुमा सामान्यदेखि लिएर दीर्घरोगसम्मका उपचार प्रकृया प्रभावित भएका छन् । कतिपय अस्पतालमा त बिरामीको भर्ना नै नगरी पठाइएको गुनासो पनि प्रकाशमा आइरहेको छ ।
तर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परवाह नगरी गम्भीर अवस्थाका एक बिरामीको शल्यक्रिया गरी ज्यान बचाएको छ ।
मोरङ जिल्ला स्थायी घर भएका ७८ वर्षीय पुरुष पछिल्ला दुई वर्षदेखि प्रोस्टेटको समस्या (सम्भावित क्यान्सर) सँग लड्दै आएका थिए । केही साता अघि विराटनगरस्थित एक अस्पतालमा शल्यक्रिया गरेपछि पटक पटक मूत्रथैलीमा रगत जम्ने समस्याले पीडित उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो ।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती बिरामीलाई अस्पतालमा ल्याउँदा ७ घण्टादेखि उनको पिसाब पूर्ण रूपमा बन्द भएको अवस्था थियो । पीडाका कारण बिरामी छटपटाइरहेका थिए । प्रारम्भिक जाँचमा उनको मुत्रथैलीमा रगत जमेको पाइएको र बिरामीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा चिकित्सक पुगेको उनले बताए ।
सामान्यतया, कोरोनाको यो महामारीका समयमा यस्ता बिरामीको उपचार गर्नुअघि कोरोना परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याउने गरिन्छ । तर कोरोना परीक्षण गरी रिपोर्ट कुर्दासम्म बिरामीको ज्यान नै जान सक्ने खतरा देखिएपछि सो अस्पतालका युरोलोजीका प्रमुख डा. सुधीर सिंहको नेतृत्वमा डा. आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको टोलीले पूर्ण सतर्कता (पि.पि.ई र अन्य आवश्यक उपकरणहरु प्रयोग गरी) अपनाई ती बिरामीको शल्यक्रिया ग¥यो ।
शल्यक्रियाको नेतृत्व गरेका डा. सुधीर सिंहले भने, ‘कोरोनाको जोखिम त थियो, तर हामीसँग त्यो जोखिमबाट बच्न पीपीई लगायतका सुरक्षा सामग्री हुन्छन् नै, हामीले आफ्नो जोखिमलाई मात्र महत्व दिने हो भने बिरामीको जोखिम बढ्न सक्थ्यो त्यसैले कोरोनाको रिपोर्ट कुर्नुभन्दा पनि आफू सुरक्षित भएर शल्यक्रिया गर्नु नै उचित लागेर हामीले शल्यक्रिया गरेका हौँ ।’
जोखिम मोलेरै शल्यक्रिया गरेर पिसाब बन्द हुने समस्याबाट उनलाई मुक्त तुल्याइएको उनले बताए । कोरोनाको त्रासका कारण अन्य रोगका बिरामीहरु उपचार नै नपाई जोखिममा नपरुन् भनेर पनि आफूहरुले यस्तो जोखिम मोलेर उपचार गरेको उनको भनाइ छ ।
तर कोरोनाको समयलाई मध्यनजर गरी ती बिरामीको कोभिड परीक्षण गर्दा उनको टेस्ट पोजेटिभ आएको र ती बिरामीलाई शीघ्र कोभिड अस्पतालमा ट्रान्सफर गरिएको अस्पतालका प्रवक्ता डा. निदेशको भनाइ छ । उनको शल्यक्रियामा संलग्न चार सदस्यीय चिकित्सक टिमको पनि कोरोना परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण नपाइएको अस्पताल प्रशासनले जनाएको छ ।
कुल ६ दिनसम्म उपचारपछि ती बिरामीको अवस्था सामान्य रहेको र कोभिड संक्रमण कायम रहे पनि स्वास्थ्यमा कुनै खतरा नदेखिएको अस्पताल प्रशासनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित