प्रदेश २ को चुनावः प्रचण्डको एक महिनाको कसरत, एमालेको एकै दिनमा चमत्कार !

काठमाडौं– मधेस आन्दोलनकै केन्द्रविन्दु मानिएको २ नम्बर प्रदेशको निर्वाचन कसको पक्षमा जाला सबैलाई कौतुहलता जागेको छ । सत्ता राजनीतिको केन्द्र मानिने मधेसको बुई चढेर धेरै नेताले सत्ताको स्वाद चाखेका छन् ।
त्यही मधेस, जसले कुनै बेला कांग्रेसलाई सत्तामा पुर्याउन मद्दत गर्यो, कुनै बेला एमालेलाई सत्तामा पुर्याएको मधेसले पहिलो संविधानसभाको चुनावमा माओवादीलाई मात्र साथ दिएन, मधेसकै नाममा राजनीति गरेका दललाई पनि बलियो शक्ति बनाइदियो । त्यही शक्तिको आडमा अहिलेको संघीय समाजवादी फोरममा अध्यक्ष उपेन्द्र यादव केन्द्रकै सत्ता राजनीतिमा छन् ।
असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनले भने सत्ता राजनीतिलाई नै फेरबदल गर्नेछैन तर प्रमुख भनिएका ठूला राजनीतिक दलहरुको प्रतिष्ठा भने जोडिएको छ । त्यसैले, अन्य सबै प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि हुन लागेको मधेस आन्दोलनको उद्गम थलो २ नम्बर प्रदेशमा ठूला दलहरु केन्द्रित भइरहेका छन् । अन्य ६ प्रदेशको निर्वाचन बहिष्कार गरेको मधेस आन्दोलनको एकीकृत शक्ति राष्ट्रिय जनता पार्टीले समेत सहभागिता जनाएको कारण पनि २ नम्बर प्रदेश सबैको चासोको विषय बनेको छ ।
संविधान जारी भएदेखि उठेको मधेस आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर पनि मधेसमा भएको बहस छिमेकी मुलुक भारतको विहारदेखि दिल्लीसम्म नै पुगेको थियो । मधेसमा भएको आन्दोलनलाई ‘कथित’ आन्दोलन भन्नेदेखि ‘विहारी’ हरुको आन्दोलन भन्ने आरोप पनि ठूला राजनीतिक दलकै नेताहरुले लगाए ।
मधेस आन्दोलनलाई हेर्ने दृष्टिकोणमा सबैभन्दा बढी एमाले फरक देखिएकै कारण मधेस आन्दोलन गरेका दलहरुले एमालेलाई मधेसबाट विदा गर्ने अभियान मात्र चलाएनन्, एमालेको मेची महाकाली अभियानमा २ नम्बर प्रदेशमा सञ्चालन हुन मुश्किल पर्यो । सप्तरीको मलेठ घटना एमाले अभियानको प्रमुख कारक बन्न पुग्यो । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति बनेको एमाले कमजोर रहेको विश्लेषण संसदको तेस्रो शक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई नम्बर प्रदेशमा झण्डै एक महिनादेखि डेरा जमाएर बसेका छन् ।
अब दुई नम्बर प्रदेशको निर्वाचनको शून्य समय केही घण्टा मात्रै बाँकी रहँदा एमाले शीर्ष नेताहरु दलबलसहित २ नम्बर प्रदेशमा झर्दैछन् । अन्तिम समयमा केन्द्रीय टोली नै खटाएर चुनाव केन्द्रित हुन लागेको एमालेले एकै दिनमा कस्तो चमत्कार गर्ला अर्को चासोको विषय बनेको छ । तर २ नम्बर प्रदेशको पहाडियाहरुको बासोबास रहेको क्षेत्रमा मात्र होइन, भोजपुरी र मैथिली भाषी क्षेत्रमा पनि एमालेले चमत्कार गर्ने एमाले नेता शंकर पोखरेलले उद्घोष गरेका छन् ।
यीनै पोखरेल, जसले मधेस आन्दोलनका क्रममा ‘कालो वर्णका मधेसी’ भन्ने स्टाटस लेख्दा आलोचना खेप्न नसकेपछि सामाजिक सञ्जालबाटै आफूले गरेको पोष्ट हटाएका थिए । एमालेले चमत्कार गर्ने पोखरेलको संकेत धनुषा लगायतको जिल्ला लक्षित रहेको छ । एमालेले कस्तो चमत्कार गर्ला केही दिनमै खुल्ला हुनेछ ।
याे पनि पढ्नुस्:
२ नम्बरमा एमालेको आक्रमक प्रचार प्रसार, ८ जिल्लामा कुन नेता कहाँ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म