अमेरिकालाई उछिन्दै एकै दिनमा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतको कीर्तिमान
२४ घण्टामा सर्वाधिक संक्रमित फेला पार्नेमा भारतले नयाँ कीर्तिमान बनाएको छ । कोरोनाभाइरसबाट विश्वकै तेस्रो सबैभन्दा धेरै प्रभावित मुलुक भारतमा आइतबार ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकाले १७ जुलाइमा बनाएको कीतिमानलाई भारतले उछिनेको हो । अमेरिकामा सो दिन सर्वाधिक ७७ हजार २९९ संक्रमित फेला परेका थिए ।
अर्थतन्त्रलाई चलायमान बनाउन प्रतिबन्धहरुलाई खुकुलो बनाएसँगै भारतमा कोरोनासंक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । ग्रामिण क्षेत्रमा संक्रमण फैलिदा यो चिन्ताको विषय बनेको छ । डा. मनोज कुमारले ग्रामिण क्षेत्रमा संक्रमण फैलिन सुरु गरेको कारण संक्रमितको संख्या बढेको बताए ।
संक्रमण फैलिदै जाँदा सरकारले भने प्रतिबन्धहरुलाई झनै खुकुलो बनाउँदै लगेको छ । अर्को महिनादेखि मास्क र सामाजिक दुरी कायम गरी १०० जनासम्म भेला भएर कार्यक्रमहरु गर्न पाउनेछन् । ठूला सहरमा रेल सेवाहरु पनि सञ्चालनमा आउँदैछन् ।
भारतमा आइतबारसम्म ६३ हजार बढीले ज्यान गुमाएका छन् भने ३५ लाखभन्दा बढी संक्रमित रहेका छन् । विश्वमा संक्रमितको संख्या २.५ करोड नाघेको छ भने ८ लाख ४३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा सर्वाधिक ६० लाख बढी संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?