शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकार परिवर्तनबारे उपेन्द्र यादव : कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला, स्वभाविक हो

'सरकारलाई बदनाम गर्ने काम भयो'
सोमबार, १५ भदौ २०७७, ०९ : २०
सोमबार, १५ भदौ २०७७

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश २ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ । संघमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता÷असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न नै हो । प्रतिश्पर्धात्मक राजनीति, पार्टी एकीकरणपछिका गतिविधि, कोरोना संक्रमण र प्रदेश २ सरकार परिवर्तनको चर्चा लगायतका विषयमा आधारित रहेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रातोपाटीले संक्षिप्त वार्ता गरेको छ । प्रस्तुत छ, अध्यक्ष यादवसँग फोनमा गरिएको कुराकानी :

तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको छ, तत्कालीन दुवै दलका संगठन समायोजन गर्न निर्देशिका पारित भइसकेको भनिएको थियो, समायोजनको कामचाहिँ कहाँ पुग्यो ?

– समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएसँगै तत्कालीन दुई दलबीचको संगठन समायोजनको प्रकृया पनि शुरु भएको छ । यद्यपि कोरोनाको महामारी र त्यसका कारणले जिल्ला जिल्लामा लागु गरिएको निषेधाज्ञा र लकडाउनले राजनीतिक गतिविधिमा असर गरेको छ । सोचेजस्तो गतिविधिहरु गर्न पाइरहेको छैन, तैपनि समायोजनको कामहरु विस्तारै विस्तारै अगाडि बढीरहेको छ ।

समायोजनकै विषयमा छलफल गर्न कार्यकारिणी समितिका पाँचजना पदाधिकारीलाई जिम्मेवारी दिएको छ । पाँचैजनाको बीचमा नियमित छलफल भइरहेको छ ।

पहिलो कुरा त प्रदेश २ लाई अनाहकमा बढी बदनाम गराउने चलन चलेको छ । प्रदेश २ मामात्र हैन, हरेक प्रदेशमा त्यस्तै समस्या छ । त्यो समस्या समाधान गर्नु कता हो कता, उल्टै विभिन्न खालको आरोप लगाउने गरिएको छ, जुन सत्य होइन ।

छलफलमा के–कस्ता विषय उठेका छन् ?

–हाम्रो बीचमा समायोजनकै विषयमा छलफल हुन्छ । समायोजनलाई कसरी चाँडै टुंग्याउने भन्ने विषयमा कुराकानी हुन्छ तर परिस्थितिबस् सोचजस्तो भइरहेको छैन । पार्टीभित्रका अन्य समितिहरु पनि गठन गर्न बाँकी नै छन् । त्यसका विषयमा पनि छलफल भइरहेको छ । यो अवस्थामा पनि समायोजनका कार्य कसरी टुङ्ग्याउन सकिन्छ भन्नेबारे छलफल र तयारी भइरहेको छ । दुई पार्टीबाट मिलाएर एउटा केन्द्रीय समिति बनाउने गृहकार्य भइरहेको छ र त्यो चाँडै घोषणा हुनेछ ।

तपाईहरुको पार्टी एकीकरण हुने बित्तिकै अहिले सबैको ध्यान प्रदेश २ तिर गएको छ, त्यहाँको सरकारमा देखिएका भ्रष्टाचार, विकृति, विसंगतिदेखि लिएर प्रदेश सरकार परिवर्तनसम्मका विषय सार्वजनिक चर्चामा आइरहेका छन्, यसबारे तपाईहरुको बीचमा कुराकानी हुन्छ कि हुँदैन ?

–पहिलो कुरा त प्रदेश २ लाई अनाहकमा बढी बदनाम गराउने चलन चलेको छ । प्रदेश २ मामात्र हैन, हरेक प्रदेशमा त्यस्तै समस्या छ । त्यो समस्या समाधान गर्नु कता हो कता, उल्टै विभिन्न खालको आरोप लगाउने गरिएको छ, जुन सत्य होइन ।

कोरोनाको विषयलाई अहिले प्रदेश २ को आलोचना हुने गरेको छ तर के कोरोनाको समस्या प्रदेश २ मा मात्र हो र ? देशभरि मात्र होइन, विश्वभरि नै त्यो समस्या देखिएको छ । संघीय राजधानी काठमाडौँ उपत्यकामा कोरोना महामारी फैलिएको छ । नियन्त्रणभन्दा बाहिर गइसकेको छ, त्यसको आलोचना किन हुँदैन त ? त्यसैले मेरो विचारमा प्रदेश २ माथि जेजति आरोप लागिरहेको छ, त्यो षड्यन्त्रपूर्वक तथा सुनियोजित ढंगबाट लाग्ने गरेको छ । तर प्रदेश २ मा यस्तै रहिरहोस् भन्ने मेरो धारणा होइन । जे समस्या त्यहाँ छ, त्यो समाधान हुनुपर्छ । प्रदेश सरकारले पहल गरेर समाधान गर्नुपर्छ । त्यहाँको सरकारलाई अझै प्रभावकारी कसरी बनाउने, जनताको हितमा अझै कसरी प्रयोग गर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

सरकार परिवर्तनको कुरा नि ?

–अहिल्यै सरकार परिवर्तन हुँदैछ, भोलि नै परिवर्तन हुँदैछ भनि जुन हल्ला बजारमा छ, त्यो हावा कुरा हो । यस विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन । कसैले यसको बारेमा चर्चा पनि गरेको छैन ।

कार्यकारिणी समितिको बैठकमा यो विषयमा कुनै कुरा उठेको छैन । कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला । ‘फलानोभन्दा यो राम्रो हुन्छ, मैले पनि मौका पाउनुपर्छ, मैले मौका पाए यो गर्थेँ–त्यो गर्थेँ’ भन्ने लाग्नेले त्यसका लागि प्रयास गर्नु स्वाभाविक हो तर पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन ।

तपाईकै पार्टीका प्रदेश सांसदहरुले प्रदेश सरकारमा बेथिति बढ्यो, यसलाई परिवर्तन गर्नुपर्छ भनेर डेलिगेसनसहित तपाईहरुलाई भेटेरै ध्यानाकर्षण गराएका थिए, पार्टीको कार्यकारिणी समितिको बैठकमा पनि यो विषय उठेको थियो, होइन र ?

–कार्यकारिणी समितिको बैठकमा यो विषयमा कुनै कुरा उठेको छैन । कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला । ‘फलानोभन्दा यो राम्रो हुन्छ, मैले पनि मौका पाउनुपर्छ, मैले मौका पाए यो गर्थेँ–त्यो गर्थेँ’ भन्ने लाग्नेले त्यसका लागि प्रयास गर्नु स्वाभाविक हो तर पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन । प्रदेश सरकारले गरेका राम्रा, नराम्रा कामको मूल्यांकन गरेपछि मात्र त्यहाँको सरकारको बारेमा पार्टीले कुनै निर्णय लिन्छ, अहिले त्यस्तो कुनै सोच पनि छैन र छलफलको विषय पनि बनेको छैन ।

भन्नाले अहिले पार्टी तहमा प्रदेश–२ सरकारको मूल्यांकन गर्ने काम भइरहेको छ ?

–अहिले त्यस्तो केही भइरहेको छैन र पार्टीको तत्काल कुनै योजना पनि छैन । परिस्थिति अनुकुल भएपछि, सहज भएपछि त्यहाँको कामकाजको मूल्यांकन पनि हुन्छ । अहिले त्यसको बारेमा पार्टीले केही गरेको छैन ।

भनिन्छ, प्रदेश सरकारले आफू काम गर्दैन र सबै दोष संघीय सरकारमाथि खन्याएको हुन्छ । यस्तो आरोप अन्य दलका साथै तपाईकै दलका सांसद तथा नेताहरुले पनि लगाईरहेका छन्, यसको बारेमा तपाईको बुझाइ के छ ?

–प्रदेश सरकारले कामै गरिरहेको छैन भन्नु पनि गलत हो । तर जुन परिणाम ल्याउने गरि काम हुनुपथ्र्यो, त्यो नभएको होला । पक्कै पनि यत्रो संघर्ष र बलिदानबाट प्राप्त सरकार हो, त्यसबाट जनताले अपेक्षा गर्नु स्वाभाविक हो र त्यो अपेक्षा पुरा भएन भने आलोचना र टिप्पणी भइ नै हाल्छ । तर प्रदेश सरकारसँग कति अधिकार छ, जनताको हकमा कति काम गर्न सक्छ, त्यो पनि बुझ्नुपर्ने कुरा हो ।

यो कोरोनाको विषयमा कुनै सरकारलाई दोष दिन मिल्दैन । अहिले काठमाडौंमा कोरोनाको महामारी व्यापक भइसकेको छ । यसको दोष कसले लिने ? यो काठमाडौंको मात्र होइन, प्रदेश १ र ५ को पनि त्यही हालत छ । देशैभरको त्यही हालत छ ।

जनताको काम स्थानीय सरकारले गर्ने हो, विकाससँग सम्बन्धित अधिकाँश कुरा स्थानीय तहसँग जोडिएको छ तर स्थानीय तहलाई संघीय सरकारले आफ्नो मातहतमा राखेको छ । अनि स्थानीय तहले काम गर्न सकेन, गाउँ–गाउँमा विकास हुन सकेन भने त्यसको दोषचाहिँ प्रदेश सरकारलाई लगाउन मिल्दैन । प्रदेश सरकारसँग न आफ्नो कर्मचारी छ, न प्रहरी छ । सबैकुरा संघले आफ्नो मातहत राखेको छ । संघ सरकारलाई लागेको बेलामा कर्मचारी पठाईदिन्छ र मन लागेको बेला फिर्ता बोलाइहाल्छ । प्रदेश सरकार गठन भएदेखि पटक पटक सचिव सरुवा भएको छ । तपाई नै भन्नुस्, यस अवस्थामा प्रदेश सरकारले कसरी काम गर्छ ? तर फेरि भन्छु, प्रदेश सरकारमा कुनै कमी–कमजोरी छ भने त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ ।

तपाई त्यस्तो भन्नुहुन्छ, तर हालसम्म (साउन १३ सम्म) मा कोरोनाबाट २ सय बढीको जनाको मृत्यु भइसकेको छ, त्यसमध्ये ८४ जनाको मृत्यु प्रदेश २ मै भएको छ, के यो पनि संघीय सरकारकै कारणले भएको हो त ?

–यो कोरोनाको विषयमा कुनै सरकारलाई दोष दिन मिल्दैन । अहिले काठमाडौंमा कोरोनाको महामारी व्यापक भइसकेको छ । यसको दोष कसले लिने ? यो काठमाडौंको मात्र होइन, प्रदेश १ र ५ को पनि त्यही हालत छ । देशैभरको त्यही हालत छ । अमेरिका, भारतजस्ता देशको बेहाल छ भने दोष कसलाई दिने ? प्रदेश २ लाई दोष देखाएर हुँदैन । तर प्रदेश २ लगायत तराईको समस्या के हो भने खुल्ला सीमाका कारण भारततर्फको आवत जावत खुल्ला छ । सुरक्षाकर्मी तैनाथ गरे पनि दुई÷चार सय रुपैयाँ लिन्छन् र आउन÷जान दिन्छन् ।

अर्को कुरा, अरु प्रदेशको तुलनामा प्रदेश २ को जनघनत्व धेरै छ । साथै, अत्यन्त गरिब, पिछडिएका र बेरोजगार पनि त्यहीँ छन्, शिक्षा र स्वास्थ्यको चेतना पनि सन्तोषजनक छैन । इम्युनिटी पावर पनि कमजोर रहेको कारणले त्यहाँ जोखिम अलि बढी देखिएको छ । त्यसको दोषी प्रदेश २ सरकार होइन । विगतदेखि त्यहाँ शासन गरेका शासक वर्ग नै त्यसका दोषी हुन् । शासकहरुले मधेशप्रति पूर्वाग्रह राखेर काम गरेको कारण त्यहाँको शिक्षा, स्वास्थ्यको अवस्था बिग्रेको हो । त्यसलाई सुधार गर्ने काम सबैको हो ।

प्रदेश २ माथि सबै दोष थुपारेर आफूले त्यसबाट उन्मुक्ति पाउने भन्ने कुरा हुँदैन । राज्यको लगानी कम र गरिबी तथा बेरोजगारी ज्यादा भएको, शिक्षा र चेतना कम भएको कारणले शुरुदेखि नै त्यहाँको अवस्था बिग्रिदै गएको हो । शुरुदेखि नै संघीय सरकारले त्यसलाई नियन्त्रण गर्ने कार्य गर्नुपथ्र्यो । जनशक्ति पठाउनु पथ्र्यो, उपकरण पठाउनु पथ्र्यो । त्यसमध्ये केही पठाएको छैन, र उल्टै प्रदेश सरकारले गर्न सकेन भन्न सुहाउँदैन । त्यसैले मेरो आग्रह के हो भने तराई मधेशप्रति रहेको पूर्वाग्रह त्यागेर सम्मुनत विकासका लागि अगाडि बढ्नुपर्छ ।

प्रदेश १ को आधाआधी भाग र प्रदेश ५ पनि तराई मधेशमै पर्छ । जनघनत्व पनि लगभग प्रदेश २ जस्तै छ, तर त्यहाँको अवस्था प्रदेश २ जस्तो छैन नि, किन होला ?

–पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एउटै तराई हो । र, कोरोना संक्रमणको दृष्टिले सबै ठाउँको अवस्था उस्तै छ । कुनै ठाउँमा राम्रो छैन । बाँकेको हुर्नुस्, रुपन्देहीको हेर्नुस्, विराटनगरको हेर्नुस् । सबै ठाउँमा उस्तै छ । ठाउँ अनुसार केही संख्यामा तलमाथि होला, त्यो बेग्लै कुरा हो तर लगभग सबै ठाउँको अवस्था उस्तै छ । यो कुनामा राम्रो छ, त्यो कुनामा राम्रो छैन भन्नुभन्दा पनि पुरै देशको अवस्था भयावह छ, पुरै देशलाई बचाउने काम सरकारले गर्नुपर्छ । कोरोनालाई नियन्त्रणमा लिई जनताको स्वास्थ्य र जीवनलाई बचाउनुपर्छ ।

पहिलो कुरा त, स्पष्ट नीतिको अभाव, गैर जिम्मेवारीपनाको कारण यस्तो अवस्था भएको हो । कोरोनाका कारण मान्छे मरिरहेका छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले अदुवा, बेसारको कुरा गरिरहनु भएको छ । अव्यवहारिक र अवैज्ञानिक कुरा गरेर जनताको ज्यान लिने काम उहाँले गरिरहनु भएको छ । अर्को कुरा, स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार भएको छ, ल्याइएका उपकारणहरु काम लाग्ने छैनन् ।

कोरोना नियन्त्रणका लागि संघीय सरकारले के गरिरहेको छ जस्तो लाग्छ तपाईलाई ?

–चीनमा शुरु भएर भारतसम्म कोरोना आइपुग्दा नेपालमा कोरोना थिएन । त्यही बेलादेखि नेपाल सरकार योजनावद्ध तरिकाले अगाडि बढेको भए आज देशको अवस्था यस्तो हुने थिएन । त्यसका लागि आवत जावतलाई पूर्ण नियन्त्रण गर्नुको साथै परीक्षणको दायरालाई बढाउनु पथ्र्यो । त्यसपछि स्वास्थ्य उपकरणहरु जडान गर्ने, अस्पतालहरुलाई सुधार्ने, स्वास्थ्यमा जनशक्तिको व्यवस्थापन गर्ने गरेको भए नेपाललाई मज्जाले जोगाउन सकिन्थ्यो । तर त्यसमा नेपाल सरकार असफल भएको छ ।

तपाईले पनि केही समय स्वास्थ्य मन्त्रालय सम्हाल्नुभएको छ, त्यहाँको संरचनागत अवस्थाबारे जानकार हुनुहुन्छ । कोरोनाविरुद्ध सरकार त्यसरी असफल हुनुको कारण के हुनसक्छ, एक–दुई गरी भन्दिनुस् न ?

–पहिलो कुरा त, स्पष्ट नीतिको अभाव, गैर जिम्मेवारीपनाको कारण यस्तो अवस्था भएको हो । कोरोनाका कारण मान्छे मरिरहेका छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले अदुवा, बेसारको कुरा गरिरहनु भएको छ । अव्यवहारिक र अवैज्ञानिक कुरा गरेर जनताको ज्यान लिने काम उहाँले गरिरहनु भएको छ । अर्को कुरा, स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार भएको छ, ल्याइएका उपकारणहरु काम लाग्ने छैनन् । त्यसकारणले सरकार असफल भइरहेको छ । अहिले पनि समय छ, प्रभावकारी योजना बनाएर पारदर्शी ढंगबाट अगाडि बढ्यो भने धेरै गर्न सकिन्छ ।

बेलाबेलामा तपाई र तपाईका पार्टीका शीर्ष नेताहरुले यो सरकारमा निकै बेथिति बढ्यो, यो सरकारले काम गर्न सकेन, त्यसैले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने गर्नुभएको छ, त्यो बेला आइसकेको हो र ?

–यो हामीले मात्र होइन, नेकपाका शीर्षस्थ नेताहरुले समेत भनिरहनु भएको छ । यो सरकारले काम गर्न सकेन, भ्रष्टाचार मौलायो, बेथिति बढ्यो भनेर सत्तारुढ दलकै नेताले प्रधानमन्त्रीको राजीनामा मागेकै हो ।

सरकारको विकल्प खोज्ने कुरा पनि तपाईहरुले गर्नुभएको छ, यो सरकारको विकल्प कस्तो हुन सक्छ ?

–सरकारको विकल्प खोज्नुभन्दा पनि यही सरकार सुध्रिनुपर्छ । यही सरकारले जनताको हितमा काम गर्नुपर्छ । अहिलेको सरकारलाई जनताले दिएको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्छ । देश र जनताको हितमा काम गर्ने समय अहिले पनि बाँकी छ । अहिलेको लागि त्यही विकल्प छ, सरकारका लागि । तर नेकपामै त्यसको विकल्प खोज्ने काम भइरहेको छ भने बाहिरको मान्छेले के गरोस् ! जनताको चाहना अनुसार काम गर्न सकेन भने नेकपाले नै विकल्प दिनुपर्छ । यो सरकारले काम गर्न सकेन भने परिवर्तन गर्नुपर्छ र यो दायित्व नेकपाको हो । यदि नेकपाले सकेन भनेमात्र अरुले यसको विकल्प खाज्छन्, अहिले नेकपाले नै विकल्प दिनुपर्छ ।

हामी संसदमा छौँ, जनताका सवालहरु उठाईरहेका छौँ । रचनात्मक सुझावहरु दिइरहेका छौँ । हामीले सरकारलाई धेरै सुझाव दिइसकेका छौँ तर त्यसलाई सरकारले गम्भिरतापूर्वक लिएन र आज देश यो अवस्थामा पुगेको छ । प्रधानमन्त्रीले अरुलाई देखाउनका लागि पटक पटक सर्वदलीय बैठक बोलाएर सुझाव लिनुभयो तर त्यहाँ दिएका सुझावहरुलाई कार्यान्वयनमा ल्याउनु भएन । मनमौजी गर्नुभयो, र देशले त्यसको परिणाम भोगिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप