४७ करोडसँग पढ्नका लागि टिभी र स्मार्टफोन छैन, गाउँका चारमध्ये तीन बालबालिका पढाईबाट वञ्चित
कोरोनाका कारण पछिल्लो ५ महिनादेखि संसारभरीका धेरैजसो स्कूल कलेज बन्द छन् । नेपाल सरकारले पनि भदौ मसान्तसम्म शिक्षण संस्था बन्द राख्ने निर्णय गरेको छ ।
कोरोनाकालमा धेरैको जागिर गुमेको छ, व्यापार व्यवसाय ठप्प छन् । यसको प्रत्यक्ष असर शिक्षामा पनि परेको छ । यसअघि शिक्षा सम्बन्धि युनेस्कोको एउटा रिपोर्ट सार्वजनिक भएको थियो जसमा कोरोनाका कारण संसारभरीका करिब १ करोड बालबालिका विद्यालय जान नसक्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । एक रिपोर्ट अनुसार कोरोना अघि संसारमा २५ करोड बालबालिका शिक्षाबाट वञ्चित थिए । यसरी हेर्ने हो भने २६ करोड बालबालिका अब कहिले पनि विद्यालय जाने स्थितीमा हुने छैनन् ।
लकडाउनका बेला पढाई प्रभावित नहोस् भनेर थुप्रै देशले रिमोट लर्निङ सिस्टम वा अनलाइन कक्षाको व्यवस्था गरे । मोबाइल, टिभी र रेडियोमार्फत् विद्यार्थीलाई पढाइँदैछ । यद्यपि, यस्ता थुप्रै बालबालिका छन् जोसँग अनलाइन कक्षाका लागि सुविधा छैन । उनीहरुसँग मोबाइल वा टिभीसमेत छैन । विशेषगरी दुर्गम क्षेत्रमा, मोबाइल भएपनि इन्टरनेट छैनन् । यहाँ यस्ता थुप्रै गाउँ छन् जहाँ मोबाइल चार्ज गर्नका लागि बिजुलीसमेत छैन ।
हालै सार्वजनिक भएको यूनिसेफ, युनेस्को र विश्व बैंकको रिपोर्ट अनुसार संसारभरी करिब १५० करोड विद्यार्थी कोरोनाद्वारा प्रभावित भएका छन् । यीमध्ये ४७ करोड विद्यार्थी (३१ प्रतिशत) को पढाई हुन सकेको छैन । ईस्ट अफ्रिका र साउथ अफ्रिकामा ४९ प्रतिशत विद्यार्थीले अनलाइन कक्षाको सुविधा पाइरहेका छैनन् । ल्याटिन अमेरिकाको स्थिती पक्कै पनि राम्रो छ । यहाँका ९ प्रतिशत मात्रै विद्यार्थीले अनलाइन कक्षाको फाइदा लिन सकेका छैनन् ।
संसारभरीका ११० देशमा भिन्न–भिन्न लेभल अर्थात् पूर्व प्राथमिक, प्राथमिक वा माध्यमिक कक्षाका विद्यार्थीलाई कसरी र कुन माध्यमले पढाइँदैछ भनेर सर्वेक्षण गरिएको छ । इन्टरनेट माध्यमबाट पढ्ने विद्यार्थीको संख्या टिभी र रेडियोमार्फत् पढ्नेभन्दा धेरै छ । पूर्व प्राथमिकमा ४२ प्रतिशत, प्राथमिकमा ७४ प्रतिशत र माध्यमिकमा ७७ प्रतिशत विद्यार्थी इन्टरनेटमार्फत् पढिरहेका छन् ।
अनलाइन कक्षाको फाइदा शहरी क्षेत्रका बालबालिकाले उठाइरहेका त छन् तर गाउँका कमै विद्यार्थीमा यो सुविधा पुग्न सकेको छ । रिपोर्टका अनुसार गाउँमा हरेक चारमध्ये तीन विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित छन् । यसमा गरिब तप्काका बालबालिका बढी छन् । न्यूनतम आय भएका देशमा ४७ प्रतिशत र मध्य आय भएका देशमा ७४ प्रतिशत बालबालिका कोरोनाका कारण शिक्षाबाट टाढा भएका छन् ।
हरेक पाँचमध्ये दुई विद्यालयसँग सर–सफाईका लािग आवश्यक सुविधा छैनः
स्कूल– कलेज खोलिएको खण्डमा यी समस्याबाट छुटकारा पाउन त सकिन्छ । तर प्रश्न यहाँ उठ्छ कि के स्कूल–कलेज खोल्नका लागि तयार छन्, के उनीहरुसँग सुविधा छन् ? यूनिसेफ र डब्ल्यूएचओका अनुसार संसारमा हरेक पाँचमध्ये दुई स्कूलसँग सर–सफाईका लागि आवश्यक आधारभूत सुविधा छैनन् ।
करिब ८१ करोड बालबालिकासँग ह्यान्डवास र स्यानिटाइजर छैन । यीमध्ये ३५ करोडसँग हात धुनका लागि साबुन त छ तर ४६ करोडसँग पानी छैन । रिपोर्टका अनुसार हरेक तीनमध्ये एक विद्यालयमा पिउनका लागि पानीको पर्याप्त व्यवस्थासमेत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?